काठमाडौँ, जेठ १०,
लगातारको बन्द र आमहडतालका कारण केही दिनदेखि ठप्प रहेका शैक्षिक संस्था आजदेखि खुलेका छन् । बन्द विद्यालय खुलेपछि बालबालिका तथा क्याम्पसका विद्यार्थी बिहान विद्यालयतर्फ लागिरहेका थिए । बन्द र हडतालका कार्यक्रम ध्यानमा राखी बन्द भएका विद्यालय खुले पनि सामुदायिक शिक्षण संस्था भने यही जेठ १६ गतेदेखि मात्र पूर्णरुपमा सञ्चालन हुने भएका छन् ।
विद्यार्थीको अध्ययनमा बाधा नपु¥याउन सरकारले पटक पटक आह्वान गरे पनि विद्यालय शान्ति क्षेत्र लागु नहुँदा बन्द आह्वान भयो कि विद्यालयको अध्ययनअध्यापन पनि ठप्प हुँदै आइरहेको छ ।
निरन्तर बन्दका कारण विद्यालयको पाठ्यक्रम नसकिने चिन्तामा रहेका विद्यालय सञ्चालकले बन्द हुँदा गर्मी बिदा दिने मानसिकता बनाए पनि शिक्षा विभागले त्यसलाई नस्विकारेपछि बन्द फिर्ता हुनेबित्तिकै विद्यालय सञ्चालन गर्नुपरेको निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)का अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिनुभयो ।
आजदेखि काठमाडौँको जनजीवन सामान्य हुँदै गइरहेको छ । बिहानैदेखि आआफ्नो कामका लागि उपत्यकावासी गन्तव्यतिर लाग्ने क्रम बढ्दो छ भने कार्यालय जाने कर्मचारीले पनि सहजता महसुस गरेको पाइएको छ ।

0 comments:
Post a Comment