Wednesday, May 23, 2012

गजल I



बाचन गर्दा आँखा रसाउने त्यो पो गजल त/

निरास हुँदा थोरै हसाउने त्यो पो गजल त//



प्रहार गर्दा उन्दै शब्द-शब्द बैरी बिरुद्धमा ,

हृदय भरि छुरी धसाउने त्यो पो गजल त//



प्रेषित गर्दा पत्र मायालाई उन्कै बयान को,

पारेर मख्ख पल्मै फसाउने त्यो पो गजल त//



निर्जीव शब्द लाई मल-जल हाली फक्राएर,

जीवन्त पारी हर्र बसाउने त्यो पो गजल त//



गहिरो भाव भित्र कल्पनाको स्वप्न बुन्दै-बुन्दै,

जो-कोहि पनि र्याल खसाउने त्यो पो गजल त//


कल्पना राई
दोलखा, नेपाल
{हाल - कोरिया }

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment