Friday, May 25, 2012

प्रजिअसँगको परीचयात्मक कार्यक्रम मन्थलिमा सम्पन्न I

उज्वल राज गिरी, रामेछाप, जेठ १२,

स्थानिय शान्ति समिती रामेछापको आयोजनामा मन्थलिमा आज नवनियुत्त रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दुल्लु राज बस्नेतसँगको परीचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय शान्ति समिती रामेछापका संयोजक लेखबहादुर कार्किको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा नेपालि क्रगे्रस रामेछापका तुल प्रसाद कँडेल राप्रपाका शिवजि घिमिरे , स्थानिय शा्िन्त समितिका सदस्यहरु तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा समितिका संयोजक कार्किले स्थानिय शान्ति समितिको हालको गतिविधीका बारेमा जानकारी गराँउँदै आउँदा दिनहरुमा समितिको कार्यक्रमहरुमा प्रमुख जिल्ला अधिकारी को अझ धेरै सहयोग रहने अपेक्षा गर्नुभएको थियो ।

यस्तै प्रजिअ अधिकारीले समितीको गतिविधीमा आफूले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रजिअ बस्नेत हालसालै मात्र जिल्लामा आउनुभएको हो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment