Friday, May 25, 2012

सिराहा औरहीका अग्नीपीडीतहरुलाई महोत्तरीको बर्दिवासमा पनि राहत संकलन सुरु I

बर्दिबास, जेठ १२,

महोत्तरीको बर्दिबासमा सिराहामा भएको अग्नीपीडीतहरुलाई राहत संकलन कार्य सुरु गरीएको छ । बर्दिबास सत्यसाई अभियानले हिजो बेलुकीदेखि अभियान सुरु गरेको हो ।

अभियानले सहयोग स्वरुप ८ हजार ५ सय रुपैयाँ संकलन गरिरहेको छ । त्यसैगरी सो टोलीले ३ हजार ५ सय बराबरको सामग्री गरी करिब १२ हजार बराबरको राहत संकलन गरिएको समुहका नवराज घिमिरेले जानकारी दिनुभयो ।

राहत संकलन कामलाई आज पनि जारी राखेको छ । हिजोदेखि सुरु गरिएको राहत संकलन भोलिसम्म जारी रहने पनि घिमिरेले बताउनुभयो ।

सहयोगका लागि इच्छुक महानुभावले बर्दिबासमा रहेको अभिषेक पुस्तक पसलमा सम्पर्क गरी सहयोग गरिदिनु हुन समेत घिमिरेले आग्रह गर्नुभयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment