Friday, May 25, 2012

५ करोड बराबरका लघु जल विद्युत आयोजना ३ वर्ष देखि कागजमा मात्र सिमित I

मुगु, जेठ १२,

जिल्लाका विभिन्न स्थानमा सञ्चालन गर्ने भनिएका सात वटा लघु जल विद्युत आयोजना आर्थिक वर्ष २०६६÷०६७ देखि कागजमा नै सिमित रहेका छन् ।

सुन्दर नेपाल नामक गैर सरकारी संस्थाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंग अनुदान माग गरे पनि आर्थिक वर्ष २०६६÷०६७ देखि कागजमा नै सिमित भईरहेका छन् भने जिविस, गाविस, दुर्गम क्षेत्र विकास समिति तथा अन्य क्षेत्रबाट बजेट माग गरिरहेको छ ।

लघु जल विद्युत आयोजना अन्तर्गत फोतु गाविसको नेहर खोला जलविद्युत आयोजना ६५ किलोवाट ,फोतु गाविसकै लिब्रु खोलाबाट १५ किलोवाट, जिमा गाविस २ महादेव खोलाबाट १२ किलोवाटको बजेट स्वीकृति भए पनि अहिलेसम्म कुनै काम सुरु गरिएको छैन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment