Thursday, May 24, 2012

संविधान जेठ – १४ भित्रै ल्याउन राष्ट्रपतिको सुझाव I

काठमाडौं, जेठ ११,

राष्ट्रपति डा.रामवरण यादवले जेठ–१४ गतेभित्र नयाँ संविधान ल्याउने गरी आवश्यक परिश्रम गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई ध्यानाकर्षण गराउनुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रपति डा.यादवले जेठ–१४ गतेभित्र नै संविधान आओस् भत्रे जनताको चाहना भएको बताउनु भएको छ ।

राष्ट्रपति डा.यादवले भत्रुभयो, ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नयाँ संविधान यही जेठ १४ भित्रमा आओस् र शान्ति स्थापना होस् भत्रे जनताको चाहना छ ।’

उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पारस्परिक सद्भाव, समावेसीकरणमा एकता र सामाजिक सन्तुलन बनाइराख्न निर्वाचन एक महत्वपूर्ण साधन भएको पनि बताउनुभयो ।

राष्ट्रपति डा यादवले बालिग मताधिकारबाट चुनिएका प्रतिनिधिबाट शासित हुन पाउने व्यवस्था नै लोकतन्त्र हो भन्दै यस व्यवस्थाका लागि निर्वाचन आयोगले गत संविधानसभाको निर्वाचन सम्पत्र गर्ने ऐतिहासिक कार्यभार पूरा गरेको बताउनुभयो ।

उहाँले नवस्थापित केन्द्रले नेपाली जनतालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनबारे सूसुचित हुने अवसर प्रदान गरी जनताका लागि लोकतन्त्रको प्रवेशद्वारको रूपमा काम गर्ने पनि बताउनुभयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment