Thursday, May 24, 2012

प्रधानमन्त्री बाबुराम भट्टराको राजीनामा आउदैन : एमाओवादी I

काठमाडौं, जेठ ११,

एमाओवादीले कांग्रेस र एमालेले भन्दैमा प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा नदिने जनाएको छ । लाजिम्पाटस्थित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।

एमाओवादीले संविधान जारी हुने ज्ञारेन्टी भएमा मात्रै राजीनामा आउने अन्यथा नआउने जनाएको छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका समयमा एमाओवादीको यस्तो निर्णय सार्वजनिक भएको छ ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै स्थायी समिति सदस्य बर्षमान पुनले कांग्रेस र एमाले सहमतिमा आउनुको साटो प्रधानमन्त्रीको राजीनामा माग गरेर बखेडा गरेको आरोप लगाए । उनले भने, ‘कांग्रेस र एमालेमा माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउदैन ।’

एमाओवादीले विकल्पका रुपमा संविधानसभाको म्याद थपसम्बन्धी प्रस्ताव ल्याएको भन्दै सदस्य पुनले जेठ–१४ गते भित्रै संविधान जारी गर्नका लागि दलहरुसँग छलफल चलाउने बताए । उनले कांग्रेस र एमालेलेलाई संविधानका विवादित विषयमा बखेडा नगरी सहमतिमा आउन आग्रह गरेका छन् ।

कांग्रेस र एमाले लगायतका केही साना दलहरुले तोकिएको समयमा नयाँ संविधान जारी गर्नुपर्ने भन्दै म्याद थप सम्बन्धी विधेयकको विपक्षमा उत्रिएपछि एमाओवादीलाई असजिलो भएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य लगायतका स्थायी समिति सदस्यहरुको भने अनुपस्थिती थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment