एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै थापाले सन्डे टाइम्सले दाबी गरे अनुसार कतार फुटबलका तत्कालीन अधिकारी मोहम्मद विन हमामले थापालाई १ लाख १५ हजार डलर दिएको कुरालाई विजनेश डिल भएको बताए । विन हमामसँग आफ्नो २००८ देखि नै विजेशन रहेको उनले बताए । त्यस्तै, उनले छोराले लिएको रकम पनि व्यक्तिगत भएको दाबी गरेका छन् ।
व्यक्तिगत हो भन्दै थापाले यसरी सजिलै यत्रो ठूलो मुद्दामा उम्किन पाउँदैनन् । यस विषयमा केही प्रश्न उठेका छन् जसको उत्तर उनले दिनैपर्नेछ ।
व्यक्तिगत ऋण हो भने संस्थाको अडिट रिपोर्टमा कसरी देखियो ? अनि के हमामले बैँक खोलेका हुन् र त्यत्रो रकम ऋण दिन ?
त्यत्रो एक लाख डलर ऋण किन लिएको रु के कारणले लिएको ? घरायासी कारण त भन्नुभो, तर त्यस्तो घरायासी आपत के आइलाग्यो ?
नेपालकै कसैसँग वा बैँकसँग किन लिनुभएन ?
फुटबलसँग सरोकार भएको रकम होइन, नितान्त व्यक्तिगत हो भन्नुभो, व्यक्तिगत भन्दैमा यत्रो अन्तर्राष्ट्रिय कान्ड भइसकेको विषयमा उम्कन पाइन्छ त ?
केमा खर्च भयो त्यत्रो पैसा रु अनि पटक-पटक गरी गत वर्ष तिरिसक्यो उसले भन्नुभयो, कुन स्रोतको आम्दानीले तिर्यो त रु बैङ्कको स्टेटमेन्ट सार्वजनिक गर्न सक्नुहुन्छ ?
ऋण त ऋण, ब्याज तिर्नुपर्ने ऋण कि निर्ब्याजी ऋण रु धितो राख्नु परेको कि नपरेको ?
छोराले तिरिसक्यो भन्नुभो, डलरमा तिरेको कि नेरुमा रु डलर विदेश पठाउन त राष्ट्र बैँकको स्वीकृति लिनुपर्छ क्यारे नि, नत्र विदेशी मुद्रा अपचलनको केस लाग्छ। लिनुभाथ्यो ?
विदेशी विनिमय ऐनअनुसार राष्ट्र बैंकको स्वीकृति नलिई कुनै पनि नेपालीले विदेशी मुद्रामा कारोबार गर्न पाउँदैन ।
ऐनले अनुमतिबिना स्वदेशबाहिर विदेशी मुद्रा लैजान रोक लगाएको छ।
रातोपाटी डटकम बाट








0 comments:
Post a Comment