Sunday, June 22, 2014

झापाली नायिका रिजुको ठुली

काठमाडौं । झापा भन्ने बित्तिकै हामी झापाली शब्दलाई विर्सन सक्दैनौं । भन्नेहरुले त झापालीको बारेमा उछ्छीट्टो नै काट्ने गर्दछन । जिरेखुर्सानी झैं पिरो हुन्छ रे ! कुरामा त कस्ले जित्नु कुलो जस्तै जता लान खोजे उत्तै जान्छ रे ! तर हामी अहिले भने चर्चा त्यस पक्षको होइन राष्ट्रिय पुष्प लालिगुँरास झै आकर्षक र माहुरीको मह झैं मिठो नायिका रिजु श्रेष्ठको बारेमा कुरा गर्दै छौं ।

 हो उनी साह्रै मिठी छन । जति हेर्दा र बोल्दामा मिठास उनीमा छ, उनको कार्यसम्पादन प्रतिको चर्चा तथा गुलियो पनि त्यति नै उनका शुभचिन्तक, स्रोता तथा दर्शकहरुमा बाँडिन थालेको छ । झापाकी यीनी समाजिक कार्यकर्ता हुँदै अहिले कान्तिपुर मिडियासँग सम्बन्ध राख्दछिन । यति ले मात्र उनको परिचय पुरा नहोला उनी मास मिडियामा मास्टर्स गर्दै गरेकी मर्डन तर नेपालीपन र नेपाली मन भएकी आशालाग्दी नेपाली नायिका पनि बनेकी छिन ।

उनले भरखर मात्र चलचित्र स्टूपिड मन र ठूलीमा अभिनय गरेकी छिन । उनी दुबै चलचित्रमा सुपर स्टार नायक जीवन लूइटेलसँगको विपरित भूमिकामा देखा पर्दै छिन । उनको चलचित्र रिलिज भने भइसकेको छैन । तापनि उनी निकै चर्चामा आइसकेकी छिन । चर्चामा आउनुको कारण भने उनी मह जस्तो मिठो वा जिरेखुर्सानी जस्तो पिरो भएर भने होइन । यसै त उनी संसारकर्मी, लागुपदार्थ दुब्र्यसनीको क्षेत्रमा समाजिक कार्यकर्ताको रुपमा परिचालित भइसकेकी सशक्त महिला हो भने मिस नेपालको प्रतिस्पर्धाको क्रमबाट देश विदेश सम्म आफ्नो मोडिलिङ्ग कार्य सम्पादन गरिसकेकीले पनि त्यसै चर्चामा त रहेनै भइन ।

तर कुरा के हो भने जुन यी दुइ चलचित्रहरुमा अभिनय गर्ने यीनले सौभाग्य पाइन त्यो भन्दा पनि कयौं गुणा आफ्नो कलाकारिताको समेत प्रर्दशन गर्न इनी सफल भएकी छिन । चलचित्र ठूलीमा सुपर निर्देशक सुर्य बोहराको मन मात्र जित्न सकेकी छैनन् की यी दुबै चलचित्रले नेपाली चलचित्र क्षेत्रमा पृथक तर प्रभावशाली छाप छोड्ने वाला छिन ।

यी यस्ता परिपक्व कलाकारिता प्रस्तुत गर्ने संचारकर्मी तथा कलाकर्मी झापाली रिजु श्रेष्ठको अग्नि परिक्षाको लागि भने भाद्र छ गते रिलिजको तयारी गरिरहेको चलचत्रि ठूलीको प्रतिक्षा भने हामीले धर्यताका साथ गर्नु पर्ने नै हुन्छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment