अग्लुङ्ग गा.वि.स. निपाने भन्ने ठाउँमा अचानक गएको पहिरोबाट घरमुली भबिलाल कुँवर, उनकी श्रीमती चेती कुँवर, बुहारी सिता कुुँवर, नातिनी बिन्दु कुुँवर, बिपना कुुँवर, हरिकला कुुँवर, नाति चेतमान कुुँवर र बिवाहित छोरी जुठी बिस्ट तथा नातिनी मिनी बिस्टको पहिरोले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए।
घटनास्थल सदरमुकाम तम्घासबाट करिव ४२ किलोमिटर टाढा जिल्लाको पश्चिमी प्यूठानसँग सिमाना जोडिएको दुर्गम गाविस हो। घटना घटेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पूर्कोटबाट खटेको प्रहरी टोली घटनास्थल पुगिसकेका छन् भने जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली उद्दार कार्यमा जुटेका छन्।








0 comments:
Post a Comment