सेर्गे ब्रिन र ल्यारी पेजले चाहिँ गुगलबाट धेरै सम्पत्ति कमाएका हुन्। गुगलमा सर्च गर्दा वा त्यसबाट आफूले खोजेको नतिजा हात पार्दा कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन। तर, त्यही सर्च इन्जिनबाट संस्थापकले धन आर्जन गरी विश्वभरिका प्रमुख धनाढ्यको सूचीमा आफ्नो प्रभावशाली उपस्थिति कायम गरेका छन्। गुगलको आम्दानीको ६२ प्रतिशत हिस्सा विज्ञापनले ओगट्ने गर्छ।
गुगलका अतिरिक्त यस कम्पनीका अन्य वेबसाइटहरू पनि छन् जसबाट गुगलले कमाउने गर्छ। यसका गुगल एडवर्ड, गुगल एडसेन्स, गुगल एप्सजस्ता उत्पादनले पनि यसका सञ्चालकको खल्ती गह्रौं बनाउने गर्छ। जस्तो कि गुगल एडवर्डबाट यसका प्रयोगकर्ताले आफ्नो उत्पादनको विज्ञापन गर्न सक्छन् भने गुगल एप्सबाट गुगलका केही उत्पादनलाई पर्सनलाइज्ड गरी प्रयोग गर्न सकिन्छ।
गुगलले सर्वसाधारण प्रयोगकर्तालाई जीमेल नि:शुल्क चलाउन दिए पनि ठूलाठूला कम्पनीहरूलाई उनीहरूको इच्छाअनुसार जीमेललगायतका उसका अन्य केही उत्पादन परिमार्जन गरी प्रयोग गर्न दिन्छ र यसैबाट पैसा कमाउने गर्छ। गुगलको कुल आम्दानीमा गुगल नेटवर्कका माथि उल्लिखितलगायत अन्य वेबसाइटहरूको हिस्सा २१ प्रतिशत छ। पछिल्लो समयमा गुगलले खरिद गरेका अन्य उत्पादनले पनि यसलाई राम्रै आम्दानी दिइरहेको छ।
सफ्टवेयर बजारमा माइक्रोसफ्टको एकलौटी बजार बिल गेट्सको सम्पत्तिको प्रमुख स्रोत हो। उनको सम्पत्तिको कुरा हुनेबित्तिकै हामीले सम्झिने गरेको विन्डोज अपरेटिङ सिस्टम र यसैमा निहित रहेर सञ्चालन हुने अन्य अफिस प्याकेज प्रोग्रामहरूमात्र उनको सम्पत्तिको स्रोत हैन। यसको लाइसेन्स बिक्रीबाट प्राप्त हुने रकमले त माइक्रोसफ्टको कुल आम्दानीको ४७ प्रतिशत स्थानमात्र ओगटेको छ। सफ्टवेयर ब्रिकीपछि प्रयोगकर्तालाई प्रदान गर्ने कर्पोरेट सपोर्टबाट पनि माइक्रोसफ्टले आम्दानी गर्छ। पछिल्लो चरणमा माइक्रोसफ्टले हात हालेको हार्डवेयर सर्भिसले पनि यसलाई राम्रै मुनाफा दिइरहेको छ। माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोल र नोकियाको व्यापार केही यस्ता उदारणहरू हुन् जसले यसलाई हार्डवेयरको क्षेत्रमा यसको आम्दानीको १४ प्रतिशत हिस्सा दिइरहेको छ।
स्टिभ जब्सको निधन हुनुअघि यसका आलोचकहरू भन्ने गर्थे, 'जब्सको आयुबारे यकिन गर्न सकिन्न तर एप्पलको चाहिँ लामो छ।' नभन्दै जब्सको मेहनतले अद्वितीय स्थान ओगेटको भनिने एप्पलले अझै पनि आफ्नो स्थानबाट डगमगाउनु परेको छैन। प्रयोगकर्ताको जीवनशैलीमा एप्पलका उत्पादनहरू यसरी भिजेका छन् कि कसैले यसको बजार विस्थापन गर्ने सोच्न पनि नसक्ने अवस्था छ।
यसको कारणका रूपमा यसको बजार रणनीतिलाई पनि लिन सकिन्छ। जस्तो एप्पलले अरू कसैले बनाइदिएको हार्डवेयरमा आफ्नो सफ्टवेयर इन्स्टल गर्ने अनुमति दिँदैन। न त आफ्नो सफ्टवेयर कसैको हार्डवेयरमा जडान हुनसक्ने बनाउँछ। आइफोन, आइप्याड, आईपोड, म्याकबुक, आइट्युन एप्पलका यस्ता उत्पादन हुन् जसमा हार्डवेयर र सफ्टवेयर दुवै उसैका मात्र लाग्छन्। एप्पलको आइफोनको बजार ठूलो र एकलौटीजस्तो छ तर पनि यसले कम्पनीलाई आम्दानीको ५५ प्रतिशत हिस्सामात्र दिइरहेको छ। ट्याब्लेट कम्प्युटरलाई एप्पलले आइप्याड नाम दिएर बिक्री ग:यो जसबाट एप्पलले आफ्नो कुल आम्दानीको १८ प्रतिशत कमाउँछ।
ल्यारी एलिसन प्रख्यात डाटाबेस कम्पनी ओराकलका सीईओ तथा सहसंस्थापक हुन्। 'जब सबै डाटाबेस प्रोग्रामले काम गर्न छोड्छ तब ओराकलको वास्तविक काम सुरु हुन्छ' भन्ने भनाइ चर्चित छ। विश्वभरिका ठूलो परिमाणमा डाटा रहने टेलिफोन कम्पनी, तथ्यांक संकलन गर्ने कार्यालयले ओराकल प्रयोग गर्छन्। फोब्र्सको अध्ययनअनुसार उनी ५२ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक हुन्।
उनले आफूलाई अमेरिकाको तेस्रो धनी व्यक्तिका रूपमा उभ्याएका छन्। यस्तै जेफ बेजोस विश्वप्रसिद्ध रिटेलर अनलाइन पसल अमेजन डट कमका सीईओ तथा संस्थापक हुन्। यिनले सन् १९९४ मा अमेजन डट कमको सुरुआत अमेरिकामा गरेका थिए। अहिले यिनी डेबिट तथा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्न मिल्ने धेरै देशमा छाएका छन्। किन्डल नामको ईबुक रिडर अहिलेको यिनको हट आइटम हो जसको उत्पादनभन्दा माग बढी छ। गएको वर्ष उनले प्रख्यात अमेरिकी पत्रिका 'द वासिङ्टन पोस्ट' पनि खरिद गरे।
यिनी फोब्र्सको अर्बपतिको सूचीमा ४५औं नम्बरमा छन्। अजिम प्रेमजीचाहिँ भारतीय अर्बपति हुन्। फोब्र्सले यिनीसँग साढे १५ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भएको अनुमान गरेको छ। यिनी भारतीय कम्प्युटर बजारको आकाश नामक ट्याब्लेट पीसी उत्पादन गरेर तहल्का मच्चाइदिने विप्रो नामक कम्पनीका संस्थापक हुन्। पछिल्लो समयमा भने उनको कमाइ कम हुन थालेका समाचारहरू सार्वजनिक हुने गरेका छन्। तर पनि प्रविधिबाट समृद्ध हुने व्यक्तिमा यिनको नाम छुटाउन मिल्दैन।
स्टिभ ब्लामेर माइक्रोसफ्ट कम्पनीका सीईओ थिए। संस्थापक बिल गेट्सले पत्याएका कर्मचारीका रूपमा उनले माइक्रोसफ्टमा डेढ दशक प्रमुख कार्यकारीका रूपमा काम गरे। फोब्र्सले यिनको सम्पत्ति २० अर्ब अमेरिकी डलरबराबर भएको जनाएको छ। उनी अर्बपतिको सूचीमा ३३औं स्थानमा छन्।








0 comments:
Post a Comment