Sunday, June 22, 2014

उपहारमा आफ्नै श्रीमती

(एजेन्सी)– तपाईंले अहिलेसम्म आफ्ना साथीभाई, इष्टमित्र, शुभचिन्तकहरु बाट थुपै्र उपहारहरु पाइसक्नुभयो होला । हामी सबैलाई थाहा छ उपहारमा कस्तो कस्तो सामग्रीहरु पाइन्छ ।

कहिलेकाँही उपहार पाउने व्यक्तिलाई आश्चर्यचकित गर्नका लागि भिन्न प्रकारको उपहार पनि दिइने गर्दछ । तर कसैले उपहारमा श्रीमती नै पाइएला भनेर कल्पनासमेत गरेको हुँदैन । कहिलेकाँही घटनाहरु कल्पना बाहिरका पनि हुने गर्दछ । दक्षिण अप्रिकाको एक ब्रान्डकाष्टिङ कर्पोरेसनको चिफले उपहारस्वरुप श्रीमती पाएका छन् । एक समुदायले च्यानलको कार्यकारी प्रमुख मोत्सोएनेंगेलाई उपहारस्वरुप एक युवती, एउटा गाई र एक बाछी प्रदान गरे । एक स्थानिय नेताहरुले च्यानलका प्रमुखलाई यो अचम्मको उपहारले भेट गरेका हुन् ।

दक्षिण अफ्रिकाको स्थानिय पत्रिका सोवेतानमा छापिएको खबर अनुसार लिम्प्रोप्रो प्रान्तका थोहोयाङदोऊ वेन्दा वंशका प्रमुख च्यानलको प्रमुखसँग खुसी भएका कारण उनको अगाडि १० जना युवतीहरु उभ्याइदिए । नेताहरुको आग्रह बमोजिम प्रस्तुत गरिएका १० जना महिलाहरुमध्ये मोत्सोएनेंगले २२ वर्षीय एक युवतीलाई छाने । उनले छानेकी युवती ह्यूमन रिसोर्स म्यानेजमेन्ट पढिरहेकी छिन् ।

अखबारको अनुसार छानिएपछि युवती खुल्ला रुपमा मोत्सोएनेंगेसँग देखा परेकी थिइन् । दक्षिण अफ्रिकाको महिला संगठनहरुले घटनाको घोर भत्र्सना गर्दै आन्दोलनमा उत्रिएका छन् । बिरोधपछि यो घटनाको छानबिनको लागि आदेश दिइएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment