नेपाली खेलाडीहरु विश्वकपमा सहभागी हुन नसके पनि विश्वकप फुटबल प्रतियोगिताका समर्थकहरुले आफ्नो टिमको पक्षमा लेखेका नारा र स्टाटसले सामाजिक सञ्जाल भरिन थालेका छन् । फेसबुकदेखि ट्वीटरसम्म विश्वकपका नाराले भरिएका छन् ।
सामाजिक सञ्जालका सदस्यहरु आफ्नो टिमको कसैले विरोध गरेको समेत सहन तयार छैनन् । सामाजिक सञ्जालका भित्तामा कतिपयले जर्सी लगाएको फोटो पोष्ट गर्न भ्याएका छन् भने कतिले समर्थन गरेको देशको टिमको फोटो टाँस्न भ्याएका छन् ।
विश्वकपको ज्वरो बढिरहँदा फुटबलका फ्यानहरुले यसबारे रोचक प्रतिक्रिया समेत दिन थालेका छन् । विश्वकप फुटबल आयोजक राष्ट्र ब्राजिललाई समर्थन गर्दै निमेश बञ्जाडेले लेखेको स्टाटस रोचक छ । ‘यो देशमा छोरालाई पहिला डाक्टर होइन फुटवल खेलाडी बनाइन्छ । यही देशमा फुटवल खेल्न नजान्ने केटाकेटीको पहिलो रोजाइमा पर्दैनन् ।
फुटबल यहाँको संस्कार हो । हरेक नागरिकको शरीरमा रगतजस्तै फुटबल बग्छ । तर यही देशमा चरम गरिबीमा डुबेका जनताले मुखैमा आएको विश्वकपको विरोध गरिरहेका छन् । त्यो गरिबीको घाउमा मल्हम लगाउनै भए पनि यो पटकको विश्वकप ब्राजिल नै जित्नुपर्छ ।’ विनोद ढकालले उरुग्वेको समर्थन गर्दै फेसबुकमा लेखेका छन् ।
एडिन्सन काभानी, लुईस स्वारेज र डियगो फोर्लान जस्ता हस्तीहरु रहेको उरुग्वेले विश्वक उचाल्ने दावी उनको छ । ‘यसपालीको फुटबल विश्वक अप्रत्यासितरुपमा फेरि पनि उरुग्वेले उठाउँछ’, उनको दावी छ । नेपाली फुटबल समर्थकहरुले धेरैजसो ब्राजिल र अर्जेन्टिनाको समर्थन गरेका छन् । त्यसपछि जर्मनी, इङ्ल्यान्ड, स्पेन र पोर्चुगलको समर्थनमा नेपाली समर्थकहरु देखिएका छन् ।
विश्वकपमा विभिन्न देशको समर्थन गर्दै सामाजिक सञ्जालमा झुल्कने नेपाली समर्थकहरुलाई ट्वीटरबाट जोतारे धाइवाले झटारो हानेका छन् । ‘नानाभाँती जर्सी लगाएर अक्षर-अक्षरमै सेकासेक गर्दै फुटबल खेल्ने ट्वीटे खेलाडीहरुलाई तह लाउनु छ । कहाँ पाइन्छ रेफ्रीको जर्सी ?’ फुटबलमा आफ्नो टिमलाई हारजित गराउने निणर्ायक भूमिका गोलकिप्परको हुन्छ । गोल किप्पर बलियो भएमा खेलको परिणामै उलटफेर हुनसक्छ । गोल किपरलाई लक्षित गर्दै सुमनले यसरी ट्वीट गरेका छन्, ‘गोल किप्पर’ भन्नेचाँहि अलि ठूलै पोष्ठ रछ, अरु सबै धोती न टोपीसँग एउटा भकुन्डो पछाडि कुद्छन्, ऊ चाँहि झुल लगाएर एकै ठाउँमा बस्छ ।’ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई लक्षित गर्दै एक ट्वीटर प्रयोगकर्ताले रोचक ट्वीट गर्न भ्याएका छन् ।
मेसीकै कारण सभाध्यक्ष नेम्वाङ अर्जेन्टिनाको समर्थक बनेको भन्दै सरोजराजलेे यस्तो ट्वीट गरे, ‘सधैं ब्राजिल समर्थक सुवास नेम्वाङ यस पटक मेसीकै कारण अर्जेन्टिानाका समर्थक रे । मेसीको नेतृत्वमा अर्जेन्टिनाले वल्र्डकप जितेको हेर्न चाहन्छन् रे ।’ विश्वकपकै सन्दर्भमा लोल ध्वजले गरेको ट्वीट पनि कम्ता घतलाग्दो छैन । ‘आफूलाई जर्सी भन्या गाई र गुजराती भन्या भैंसी बाहेक अर्थोक केही थाहा छैन ।’
ब्राजिलमा हुने विश्वकपका लागि चर्चित कोलम्बियन गायिका साकिराले भिडियो गीत बनाएकी छन् । तर शुभमले ब्राजिलका लागि ट्वीट गरेको व्यंग्य गीतको एक लाईन भने यस्तो छ, ‘उडायो सपना सबै हुरीले…… यो गीत ब्राजिलकै लागि बनेको हो, वल्र्डकपका लागि ।’
विश्वकपको विवाद घरघरमा पुगेको छ । एउटै घरमा पनि फरक फरक देशका समर्थक छन् । यो कुराको पुष्टि एउटा ट्वीटले नै गरेको छ । फ्यान अफ जर्मनी उपनामका तन्डुकारले गरेको ट्वीटमा बाबुछोरा छोरी नै विभाजित भएको देखाउँछ । ‘हिजो बाउले फाइनलमा त अर्जेन्टिना र ब्राजिल न पुग्छ भने, एकैछिन आँखा तरेर हेरें, बाउ चुप ।’ अनलार्इन खबरबाट
लौ हेर्नोस् विश्वकपको लडाइँ








0 comments:
Post a Comment