Thursday, June 12, 2014

रातो मासु खानेलार्इ क्यान्सर

धेरै रातो मासु खाने महिलामा स्तन क्यान्सरको जोखिम उच्च हुने अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले देखाएको छ ।
वयस्क अवस्थामा रातो मासु अत्यधिक खाने महिलामा स्तनको क्यान्सर सँगै पेटको क्यान्सरको जोखिम पनि बढि हुने शोधकर्ताहरुको निष्कर्ष छ ।

हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरुले वयस्क उमेरको सुरुवाती अवस्थामा बढ्ने स्तन क्यान्सरको जोखिमलाई क मगर्न रातो मासुको साटो सिमी, केराउ जस्ता गेडागुडीका साथै कुखुरा तथा माछा जस्ता मासुजन्य खानेकुराहरु खान सुझाव दिएका छन् । यद्यपि बेलायती अनुसन्धानकर्ताहरुले भने रातो मासुको सेवन र स्तन क्यान्सरबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । हार्वार्ड विश्वविद्यालय शोधकर्ताहरुले २४ देखि ४३ वर्ष उमेरका ८९ हजार महिलामा अध्ययन गरेर रातो मासु र स्तन क्यान्सरबीच सम्बन्ध हुने निष्कर्ष निकाले ।

अध्ययनमा संलग्न गराइएका मध्ये ३ हजार जना स्तन क्यान्सरबाट ग्रसित थिए । बि्रटिस मेडिकल जर्नलमा छापिएको शोध प्रतिवेदन अनुसार रातो मासुको सेवनले स्तन क्यान्सरको खतरा बढाउने जोखिम निकै थोरै भएपनि त्यसलाई नजरअन्दाज गर्न नसकिने बताएका छन् । यता अर्को एक अध्ययनले सरीरमा बढि कोठी हुने महिलामा समेत स्तन क्यान्सरको जोखिम उच्च हुने तथ्य पत्ता लगाएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment