Thursday, June 12, 2014

साउनमा भ्यालेन्टाइन

अन्तत बारम्बार प्रदर्शन मिति सार्दै आएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’को निर्माण यूनिटले नयाँ टुङ्गो लगाएको छ ।
अब यो चलचित्र साउन १६ गते प्रदर्शनमा आउने पक्का भएको छ । निर्माता सुशिल श्रेष्ठले सिनेमाको प्रदर्शन मिति तय भएको जनाउँदै अब भने नसर्ने जनाए । सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा बोल्छ ।

चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारकोे अभिनय छ । चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’लाई दर्शकले रुचाउँने विश्वासमा निर्माता सुशिल श्रेष्ठ छन् । यसअघि यो सिनेमाको प्रदर्शन मिति २ पटकसम्म सरेको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment