कोमल पनि के कम, कार्यक्रम संचालकले गीत गाउँन आग्रह गरेपछि कस्सिइन् । सुरुमा उनले आयोजकलाई नै स्टेजमा नचाइन् । यतिले मात्र उनको चित्त वुझेन । वन पिस पहिरन र कर्ली कपालमा अविवाहित कोमल वली निक्कै आकर्षक देखिएकी थिइन् । उनी चलचित्र ‘मितिनी’मा समावेश ‘हामी छौ चिटिक्क परेकी कुमारी’ बोलको गीत गाउँदै दर्शक दिर्घामा नै पुगिन् ।
सवैभन्दा पहिले उनको आखा कलाकार कृष्ण मल्लमा पुग्यो । उनीसँग केहीवेर नाचेपछि कलाकार निर्मल शर्मालाई उनले जुहारी खेल्न चुनौती दिइन् । ‘कोही मर्द छौ भने’ भन्दै निर्मलसँग उनले कम्मर मर्काइन् । मर्दले चुनौती दिन नसकेपछि कलाकार दीपाश्री निरौला उनलाई साथ दिन अगाडि बढिन् ।
दीपाश्री हुँदै गायक प्रमोद खरेलसम्म कोमल वलीको डान्समा झुमे । कोमलले केही समयअघि आफू भर्जिन भएको अभिव्यक्ती दिएकी थिइन् । सायद यही कुरालाई पुष्टी गर्न उनले ‘मितिनी’को गीत गाएको हुनुपर्छ । तर स्टेजमा जिस्किने कोमलको बानी यहाँ पनि देखियो । जे भएपनि ‘तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड’मा कोमलले कुमारी रहेको जनाउँ दिदै माहोल तताइन् ।
online khabar बाट साभार








0 comments:
Post a Comment