छुवाछुतजन्य व्यवहार गरेको भन्दै धनकुटाको डाडाँबजारस्थित ओख्रे प्रहरी चौकीका इन्चार्ज एवम् असई नवराज कार्कीविरुद्द उनीसँगै कार्यरत एक जवानले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका छन् ।
आफ्न हाकिम असई कार्कीले जातीय विभेद गरेपछि कारबाही माग गर्दै डाडाँबजारस्थित ओख्रे प्रहरी चौकीमा दरबन्दी भई डाडाँबजारस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान युवराज परियारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको एसपी इश्वरीप्रसाद चापागाइँले बताए । असई कार्कीले सानो जातिको भन्दै सवैसँग बस्न नदिई छुट्टै बसेर खाना खानुपर्ने, खाना पकाउन नदिने र खाना थप्न भान्सा कोठामा जान नदिएर विभेद गरेपछि उजुरी दिएको परियारले बताए ।
‘अपमानजनक ढंगले गालीगलौज पनि गरेका थिए’, परियारले भने, ‘जातीय विभेद गर्दै गालीगलौज गर्दै खाना खाँदा र पकाउँदा पनि भेदभाव गरेपछि बाध्य भएर उजुरी दिएको हुँ ।’ उजुरी परेपछि असई कार्कीसँग स्पष्टीकरण मागिएको एसपी चापागाइँले बताए । घटनबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय राजारानीका इन्सपेक्टर सुरेन्द्रप्रकाश श्रेष्ठलाई निर्देशन दिईएको एसपी चापागाइँले बताए ।
घटनाबारे पीडितले जानकारी गराएको उल्लेख गर्दै दलित एकता समाज धनकुटाकी पुर्व संयोजक कोपिला शंकरले आरोपित असईलाई कडा कारवाही गर्नुपर्ने बताइन् । - See more at: http://www.onlinekhabar.com








0 comments:
Post a Comment