जसमा सर्वोत्कृष्ट फिल्म ‘वधशाला’लाई रोजिएको छ । शैलेन्द कार्कीले यसै सिनेमा मार्फत उत्कृष्ट छायांकारको अवार्ड पनि प्राप्त गरेका छन् ।
यौन कुण्ठाको कथा बोलेको ‘साँघुरो’का निर्देशक जोयश पाण्डे उत्कृष्ट ठहरिए । उनले निर्देशकतर्फ समिक्षकहरुको मन जित्दै गर्दा बिनोद पौडेलले ‘साँघुरो’बाट नै उत्कृष्ट पटकथा लेखकको अवार्ड जिते । कोशिश क्षेत्रीले ‘मोक्ष’बाट उत्कृष्ट नायकको अवार्ड पाएका छन् ।
नायिका ऋचा शर्मा ‘उमा’बाट उत्कृष्ट नायिका ठहरिइन् । ‘कर्कश’ सिनेमा सम्पादन गरेका लोकेश बज्रचार्य उत्कृष्ट ठहरिए, सम्पादकतर्फ । छिट्टै नै एक कार्यक्रमको आयोजना गर्दै अवार्ड प्रदान गरिने समिक्षक समाजले जनाएको छ । हरेक बर्ष अवार्ड आयोजना गरिने समिक्षक समाजको भनाई छ ।
समिक्षक समाजले अवार्ड प्रदान गरेका सिनेमा बिषयवस्तु र कलाकार अभिनयका कारण उत्कृष्ट ठहरिएका हुन् । अवार्ड प्राप्त गर्न सफल सबै सिनेमा बक्स अफिसमा भने लगानी उठाउन असफल थिए ।








0 comments:
Post a Comment