पक्राउ पर्नेमा भारतको उल्लासनगर घर भएका जी ५५०१२८० नम्बरको राहदानी बाहक भरत जर गुडास, महाराष्ट्र घर भएका के ६९८७२१ नम्बरको राहदानीबाहक पिताम्बर डोडेजा र गिरीशचन्द्र छन्। उनीहरूले सुनलाई सानो डल्लोको रूपमा निलेर पेटभित्र पुर्याएका थिए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षागार्डका प्रमुख डिआइजी यादव अधिकारीका अनुसार उनीहरूले सुन ल्याउँदै छन् भन्ने सूचना पाएपछि अनुसन्धानलाई तीव्र पारिएको थियो।
उनीहरूले बोकेको व्यागमा सुन नभेटिएपछि एक्स रे गर्दा शरीरमा दुई/दुईवटा कालो वस्तु देखिएपछि प्रहरीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको थियो। अस्पतालमै शौच गराउँदा उनीहरूको पेटबाट सानो डल्लो निस्किएपछि जाँच गर्दा सुन फेला परेको जानकारी अधिकारीले दिए। बरामद भएको सुन एक हजार ६ सय ग्राम तौल रहेको उनले बताए। प्रहरीले थप अनुसन्धानका लागि बरामद सुन राजस्व भन्सार कार्याल्य पठाएको छ भने पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाएको छ। annapurna post








0 comments:
Post a Comment