Friday, June 27, 2014

प्रधानमन्त्रीका पिए भण्डारी र ढकालको चर्तिकला

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशिल कोइराला मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । उहा“ स्वच्छ छवि भएका प्रमहरूको लिष्टमा हुनुहुन्छ तर उहा“का पिए (स्वकीय सचिव) लक्ष्मण ढकाल र रमेश भण्डारी उहा“लाई बदनाम गराउन लागि परेको भेटिएको छ ।

यी दुवै पीएहरू कमाउने धन्दामा लागेपछि प्रम कोइराला सशंकित हुनुभएको छ । यति मात्रै होइन यी दुई भण्डारी र ढकालको झगडाले सिंहदरबार बालुवाटार हल्लेको छ । के छ त यी बीचको रामकहानी ? प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव लक्ष्मण्ँ ढकाल हालैको एक विहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुग्दा तिन छक परे ।  उनले देखे, प्रधानमन्त्रीको कार्यालयमा ‘प्रमुख स्वकिय सचिव लक्ष्मण्ँ ढकाल’ भनेर लेखेको बोर्ड कसैले हटाइदिएछ ।

 सोधखोज गर्दै जा“दा उनले के थाहा पाए भने आफु पदमा बहाल हु“दाहु“दै आङ्खनै कार्यालयबाट आङ्खनो नेम प्लेट हटाउने धृष्टता अरु कसैले हैन प्रधानमन्त्री कै अर्का स्वकीय सचिव रमेश भण्डारी शर्माले गरेका रहेछन् । जब रमेशले आङ्खनो नेमप्लेट हटाएको लक्ष्मण्ँले थाहा पाए, उनले पनि रमेशको नेमप्लेट हटाउन लगाए । त्यसक्रममा उनीहरूवीच भनाभन मात्र हैन, त“त“ र मम नै भएको सिंहदरबारका एक अधिकारीले अमृतबजारलाई बताए । आफुस“ग सम्पत्तीका नाममा ३ वटा मोवाइल सेट मात्र भएको बताउने प्रधानमन्त्री सुशील कोइरालाका यी दुई स्वकीय सचिव आर्थिक चलखेलको होडमा कुन हदसम्म लागेका छन् भने उनीहरूवीच पटक पटक झण्डै हात हालाहालकै अवस्था उत्पन्न भइसकेको छ ।

यसले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दिनहु“ रमिता भइरहेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवका रूपमा सुरुमा लक्ष्मण्ँ ढकालले नै कार्यालय (सिंहदरबार) र निवास (बालुवाटार)मा प्रधानमन्त्रीलाई सघाउ“दै आएका थिए । पछि प्रधानमन्त्रीले सिंहदरबार हेर्ने गरि रमेश भण्डारी शर्मालाई नियुक्त गरे भने लक्ष्मण्ँलाई बालुवाटारमा खटाए ।  त्यसयता यी दुई स्वकीय सचिववीच प्रधानमन्त्रीको शक्तिमा कसले एकछत्र रजाईं गर्ने भन्ने प्रतिष्पर्धा सुरु भएको छ । सर्पको खुट्टा सर्पले देख्छ भने झैं कार्यपालिकाको केन्द्रमा परम्परागत रूपमै प्राप्त हुने असिमित शुभ लाभका सम्भावनालाई लिएर यी दुई स्वकीय सचिवबीच हानाथाप सुरु भएको सुत्र बताउ“छ । का“ग्रेस सुुत्रका अनुसार रमेश भण्डारी शर्मा लामो समयदेखि सुशील को नजिक रहेर सेवा गर्दै आएका हुन । रमेशले नै लक्ष्मण्ँलाई सुशील सुशीलको कोटरीमा भित्र्याए ।

सियो बनेर पसेका लक्ष्मण्ँ अहिले हात्ती बनेर निस्किएपछि रमेश भन्न थालेका छन्, ‘जसलाई मैले सुशील दाईको नजिक ल्याए“, उसैले आज मेरै अस्तित्वमा धावा बोल्दैछ ।’

अचेल यी दुई स्वकीय सचिववीच भनाभन हु“दा एकले अर्कालाई ‘त“ को होस् ?’ भन्नेजस्ता शब्द प्रयोग गर्ने गरेको सिंहदरबारका एक कर्मचारीले बताए । हालैको एक विहान रमेशले लक्ष्मण्ँलाई भनेछन्, ‘त“ को होस् मेरो नेमप्लेट हटाउने ? हिजो त“लाई मैले नै ल्याएको हैन ? तेरो के हैसियत छ ?’ अनि लक्ष्मण्ँले आक्रोशित हु“दै भने, ‘त“ भनेर नबोल, हिजोका दिन गए अब ।

सुशील दाईको कसले बढी सेवा गरेको छ र सुशील दाइलाई कसले बढी बिबादमा पारेको छ त्यो हामीलाई पनि थाहा छ । तैंले मलाई सिकाइरहनु पर्दैन ।’ यी दुई स्वकीय सचिवको झगडा सुनेर सिंहदरबार र बालुवाटारका कर्मचारी भने छक्क परेका छन् । एक कर्मचारीले अमृतबजारलाई भने, ‘सुशील दाई त्यस्तो असल र भलादमी । सम्पत्ती पनि केही छैन । तर उहा“का सहयोगी राÔसजस्ता ।

 एकले अर्कालाई झम्टु“ला झैं गर्छन् ।’ रमेश भने लक्ष्मण्ँलाई लिङ्खट दिएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै हिंडन थालेका छन् । ‘२०६२ सालतिर विदेश पठाइदिन्छु भन्दै ठगी गरेको र हनुमान ढोकामा ठगीमा थुनिएको मानिसलाई स्वकीय सचिव बनाएर प्रधानमन्त्रीबाट ठुलो गल्ती भो’, रमेशको गुनासो रहने गरेको छ ।  नेपाल बिद्यार्थी संघको अध्यÔ पदमा प्रदीप पौडेलका विरुछ खडा भएका लक्ष्मण्ँले जम्मा एक भोट पाएका थिए । उता लक्ष्मण्ँको भनाई बेग्लै छ ।

उनी आफन्तमाझ भन्न थालेका छन्, ‘रमेश र उनकी पत्नी प्रभा भण्डारी मिलेर मलाई प्रधानमन्त्रीको कोटरीबाट साइड लाउने Èडयन्त्र गरिरहेका छन् । बोर्ड हटाउनु त्यसकै प्रमाण्ँ हो । मलाई साइड लगाएर सरुवा, बढुवा लगायतमा आर्थिक चलखेल गर्ने उनीहरूको दाउ हो । आर्थिक बजारबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment