Friday, June 27, 2014

तेल चोरी र अवैध कार्य रोक्ने एसपी विक्रम थापा सम्मानित

भैरहवा : तेल चोरी र अवैध ढुंगागिट्टी भारत निकासी रोक्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उपभोक्ताले रूपन्देहीका प्रहरी उपरीक्षक विक्रम सिंह थापालाई सम्मान गरेका छन्। उपभोक्ता मञ्च नेपाल रूपन्देहीले आयोजना गरेको कार्यक्रममा थापालाई आमउपभोक्ताको तर्फबाट सम्मान गरिएको हो।

१० महिनाअघि सरुवा भएर रूपन्देही आएका थापाले शान्तिसुरक्षा कायम राख्न र तेल चोरी प्रकरणमा आरोपीविरुद्ध लिएको अडान र अवैध रूपमा ढुंगागिट्टी भारत निकासीमा प्रतिबन्ध लगाएर राष्ट्रका हितमा महत्त्वपूर्ण कार्य गरेका कारण सम्मान गरिएको उपभोक्ता मञ्च नेपाल रूपन्देहीका अध्यक्ष लक्ष्मण वैदवारले बताए।

प्रहरी उपरीक्षक थापा जिल्ला आएलगत्तै शान्तिसुरक्षा र तस्करी नियन्त्रण अभियानमा जुटेका थिए। उपभोक्ता मञ्च नेपालका सल्लाहकार भरत केसीले प्रहरी उपरीक्षक थापाले तस्करीमा बदनाम रूपन्देहीलाई १० महिनामै नियन्त्रणमा ल्याएर सफल प्रहरीको उदाहरण दिएको बताए।

उनले तेल चोरेर राष्ट्रको ढकुटी रित्याउनेविरु द्ध एसपी थापाले लिएको अडान प्रशंसायोग्य भएको बताए। एसपी थापाको अभियानलाई युवा तथा सर्वसाधारणले साथ दिएर सडकमा ओर्लिएका थिए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment