Thursday, June 26, 2014

बिहेपछि रानीको रूप

नायिका रानी मुखर्जी बिहेपश्चात पहिलो पटक आफ्नो नयाँ चलचित्र ‘मर्दानी’को ट्रेलर लञ्चमा सहभागी भइन् । उनले कार्यक्रममा मिडियासँग खुलेरै कुरा पनि गरिन् ।

यशराज स्टूडियोमा भएको कार्यक्रममा रानी क्याजुअल पहिरनमा देखिएकी थिइन् । रानीले ‘मर्दानी’मा आफू एक प्रहरीको भूमिकामा देखिएको बताइन् ।

रानीले बिहे पश्चात आफ्नो नामको पछाडि ‘चोपडा’ नराख्ने जनाएकी छिन् । उनले आफ्नो थर ‘मुखर्जी’ परिवर्तन नहुने जनाइन् । प्रदिप सरकारको निर्देशनमा बनेको यो चलचित्रले रानीलाई बलिउडमा कमब्याक गराउने आशा गरिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment