नेपालकै चर्चित स्टारहरुले काम गरेको सिनेमा हेर्न दर्शक तात्तिएर हलसम्म पुगेनन् । निर्माणपक्षले बक्स अफिस कमजोर देखिनुको पछाडि विश्वकप फुटबलको प्रभावन भनेको छ । तर दर्शक हलसम्म नआनुको कारण सिनेमाको कमजोर प्रस्तुती देखिएको छ ।
चलचित्रको नकारात्मक प्रतिक्रिया ज्यादा आएपछि निर्देशक अर्पण थापाले आफ्नो फेसबुक एकाउन्ट समेत बन्द गरेका छन् । प्रतिक्रियाको जवाफ दिदै आएका अर्पण एकाएक फेसबुक एकान्ट बन्द गर्दै मौन देखिएका छन् । निर्माता रविन श्रेष्ठले तयार पारेको सिनेमाले डनहरुको कथा बोल्छ ।
तर सिनेमा भित्र दरिलो कथा र प्रस्तुती नभएको आलोचना धेरैले गरेका छन् । नायक राजेश हमालदेखि चर्चित कलाकार सुनिल थापाको स्टारडमले दर्शक तानेको देखिदैन । चलचित्रले २ दिनमा ३० लाख ग्रस गरेको छ । यो उच्च प्रचार, करोड बजेट र स्टारहरुको बाहुल्यता रहेको सिनेमाका लागि निक्कै कमजोर ओपनिङ हो ।








0 comments:
Post a Comment