Wednesday, June 11, 2014

स्कुटर चढेर लण्डनबाट ब्राजिल पुगे फुटबलका फ्यान

(एजेन्सी)–इंगल्याण्ड फुटबल टिमका एक प्रशंशक वेस्पा स्कुटरमा सवार भई २४,००० किलोमिटरको यात्रा गरि फिफा विश्व कपमा आफ्नो टिमको हौसला बढाउनका लागि एक व्यक्ति ब्राजिल पुगे । क्रिस हालेट नामका ४४ वर्षका एक प्रशंसकलाई लण्डनबाट ब्राजिल पुग्न चार महिना लाग्यो ।
उनी सोमबार ब्राजील पुगेका थिए । क्रिस उनको यो यात्रा निकै थकानपूर्ण तर रोचक भएको बताउँछन् । लण्डन इभिनिंग स्ट्याडर्ड समाचार पत्रले क्रिसलाई उदृत गर्दै लेखेको छ, ‘म निकै थाकेको छु । मेरो कम्मरले बताइरहेको छ कि मैले १५,००० माइलको यात्रा गरेको छु । ’

‘मसँग हवाईजहाजमा ब्राजिल पुग्ने र समुन्द्रि तटमा आराम गर्दै विश्व कप सुरु हुने दिन कुर्ने आरामदायक बाटो पनि थियो तर मैले रोचक बाटो रोजेँ ।’ क्रिससँग २४ जुनको बेलो होरिजोन्टेमा कोस्टा रिका विरद्ध आफ्नो टिमको खेल हेर्ने टिकट छ ।

विश्वकप हेर्नका लागि उनले आफ्नो आइटी कम्पनीको जागिर छोडेर आफूले कमाएको सबै पैसा ‘स्कुटर फर गोलपोष्ट’ मा खर्च गरे र युनिसेफको सहयोगमा ब्राजील पुगे । इंगलिस प्रिमियर लिग क्लब फल्हमका यी प्रशंशकले आफ्नो यो यात्राको दौरान फुटबल विश्व कपमा भाग लिइरहेका ३२ देशहरुमध्ये १८ देश पार गरेर ब्राजिल पुगेका छन् । १२ जुन देखि १३ जुलाईका बिच ब्राजिलको १२ वटा सहरमा फिफा विश्व कपको आयोजना हुनेछ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment