Friday, June 13, 2014

सुकी अाज नेपाल अाउँदै

मान्मारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी 'प्रजातान्त्रिक समाजवादको भविष्य' शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन शुक्रबार नेपाल आउँदै छिन्।
सुकीलाई सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।

सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउँदै छन्।

सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले 'प्रजातान्त्रिक समाजवादको भविष्य' विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नेछन्। उनले बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दरीजलस्थित विपी कोइराला सङ्ग्रहालयको पनि भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।

बालक र अनुसन्धानकर्ता पतिका साथ ४० वर्षअघि नेपाल आएकी थिइन्, उनी । त्यतिबेला नेपालका सहरदेखि कुनाकन्दरासम्म पुगेकी नोबल विजेता आङसाङ सुकी चार दशकपछि शुक्रबार फेरि आउँदै छिन् । यसबीचमा उनले पटक-पटक गर्दै २१ वर्ष घरमै नजरबन्दमा बिताउनुपर्‍यो ।

म्यानमारमा भएको बिमस्टेक सम्मेलनमा गत मार्चमा प्रधानमन्त्रीले नेपाल भ्रमणको निम्तो दिएका थिए। बीपी कोइराला मेमोरियल ट्रस्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बीपीको शताब्दी समारोहमा सहभागी हुन उनलाई डाकेका थिए। सरकारले बुधबार सुकीलाई औपचारिक निम्तो पठाई भ्रमणलाई राजकीय सम्मान दिने निर्णय लिएको छ।

सुकी- नेपाल साइनो

सन् १९६० मा भारतका लागि बर्माको राजदूत आमा खिन चीसँगै सुकी पनि दिल्ली आएकी थिइन् । विद्यालयपछिको थप शिक्षा त्यहीं पूरा गरिन् । त्यतिबेला नेपालमा बर्माको छुट्टै दूतावास नभए पनि दिल्लीबाट कार्यभार सम्हालिन्थ्यो । त्यसैबेला सुकी पनि आमासँगै पहिलो पटक नेपाल आएकी थिइन् ।

पछि ुहिमालयन स्कलरु का नामले चिनिने बेलायती श्रीमान् माइकल एरिसको साथमा फेरि आइन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले नेपालमा रिसर्च एक्स्पेडिसनका लागि अफर गरेपछि सन् १९७४ तिर एरिस र सुकी काखे बालक अलेक्जेन्डरलाई लिएर नेपाल आएका थिए ।

ुएरिस मेमोरियलु लेखमा भिक्षुणी धम्मावतीले नेपाल आएपछि एरिसले सुकीलाई काठमाडौंमा छाडेर नेपालका दुर्गम बस्ती र ल्हासामा अनुसन्धानका लागि जाने गरेको उल्लेख गरेकी छन् । त्यतिबेला उनी ुमहायाना बुद्धिजम्ु बारे अनुसन्धान गर्दै थिए । ुत्यसबेला सुकी धर्मकृति बिहारमा हाम्रा अध्ययन वृत्तका विद्यार्थीलाई अंग्रेजी सिकाउन आउनु हुन्थ्यो,ु उनले भनेकी छन् । एरिसले निधन हुनु एक वर्षअघि धर्मकृति बिहारमा शैक्षिक लागतसम्बन्धी सहयोग गर्ने बाचा गरेका थिए । तर, त्यो पूरा हुन पाएन । एरिस र सुकी कम्तीमा तीन पटक नेपाल आएका थिए ।

सुकीले नेपाल बस्दाको अनुभव र नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान दिने पुस्तक ुलेट्स भिजिट नेपालु लेखेकी छन् । त्यसमा नेपालको भौगोलिक अवस्था, राजनीति र संस्कृतिबारे उल्लेख छ ।

सुकीको नेपालसँगको नाता निकै पुरानो हो । जानकारहरूका अनुसार बीपी कोइराला र उनका पिता जनरल आङसानबीच त्यतिबेलै सम्बन्ध थियो । खासगरी नेपालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा बर्माका तत्कालीन नेताहरूले सहयोग गरेका थिए । पुरुषोत्तम बस्नेतको ुनेपाली कांग्रेसको इतिहासको प्रारूपु पुस्तकमा २००७ सालको आन्दोलनमा बीपीले बर्माबाट भारत हुँदै हतियार ल्याउने चाँजोपाँजो मिलाएको उल्लेख छ । बीपीले तत्कालीन बर्माका रक्षा मन्त्री उ वास्वेलाई नेपालको जनक्रान्ति सफल बनाउन आग्रह गरेपछि बर्माले हतियार दिएर सहयोग गरेको थियो । त्यतिबेला भारतभित्र चल्ने महावीर शमशेरको स्वामित्वमा रहेको हिमालय एभिएसएनको बिमानमार्फत आधुनिक हतियार ल्याइएको उक्त पुस्तकमा उल्लेख छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment