यसले तपाईंलाई मानसिक चिन्ता मात्र निम्त्याउने नभई विभिन्न प्रकारका यौन रोगसमेत लाग्ने गर्दछ । वान नाइट स्ट्याण्डबाट टाढा रहनुहोस् भन्ने उद्देश्यले यहाँ यसको खतराको बारेमा बताइएको छ ।
१. डिप्रेसनलाई निम्तोः यौन रोगको अलावा वान नाइट स्ट्याण्डले रक्सीको लत र डिप्रेसनलाई निमन्त्रणा दिने गर्दछ । थुपै्र अनुसन्धानले पत्ता लगाए अनुसार सम्बन्ध जति थोरै हुन्छ त्योभन्दा कयौँ गुणा धेरै डिप्रेसनको खतरा हुन्छ । क्याजुयल सेक्सले तपाईंको भविष्यको सम्बन्धमा पनि नकारात्मक असर पुराउन सक्छ । यसबाट विश्वास घट्नेछ र धोकाको सम्भावना बढि हुनेछ ।
२. प्रतिबद्धता नहुने भएका कारण तनावमा वृद्धिः वान नाइट स्ट्याण्डमा कुनै प्रतिबद्धता हुँदैन त्यसकारण उसले एक वा दुबै पार्टनरलाई तनावको परिधिमा ल्याउने गर्दछ । यस्तो अवस्थामा निकै धैर्यताका साथ स्थितिको सामना गर्नुपर्र्छ नभए भावनात्मक रपमा टुट्ने खतरा हुन्छ ।
३. प्रोटेक्सनबिना रोगको खतराः बिना कण्डम या कुनै प्रोटेक्सन बिना वान नाइट स्ट्याण्डको बारेमा सोच्दै हुनुहुन्छ भने यसले तपाईंलाई यौन रोगतर्फ उन्मुख गर्ने र एक छिनको रमायलोले सधैँ कठिनाई दिनेछ ।
४. रक्सी र ड्रगको प्रयोग संकटपूर्णः वान नाइट स्ट्याण्डमा रमाइलो गर्ने बहानामा मानिसहरु रक्सी र ड्रगको प्रयोग गर्ने गर्दछन् जुन निकै खतरनाक हो किनभने यस्ता चीजहरुले तपाईंको निर्णय लिने क्षमतालाई प्रभावित गर्ने गर्दछ ।








0 comments:
Post a Comment