रोनाल्डो खेलभन्दा बाहिर चर्चामा आउने कारण पनि यही हो। जारी विश्वकपमा उनको कप्तानीमा रहेको पोर्चुगल समुहगत चरणबाटै बाहिरिने स्थितीमा छ।
पहिलो खेलमा जर्मनीसँग ४-० गोलले पराजित भएपछि पोर्चुगलको धेरै आलोचना भयो। साथमा टोलीलाई सफलता दिलाउन नसकेकोमा रोनाल्डो पनि कम आलोचित भएनन। यसबिचमा रोनाल्डोका फ्यान उनको 'जिग ज्याग हेयर स्टाइल' बाट पनि उत्तिकै निराश भए।
बिहीबार राती पोर्चुगल समुहगत चरणको अन्तिम खेलमा घानासँग फराकिलो अन्तरमा जित्नुपर्ने दबाबमा उत्रदै छ। टोलीको अपेक्षा पुरा गर्न फिफा वर्ष खेलाडी रोनाल्डो पनि नयाँ हेयर स्टाइलमा देखिदै छन। रोनाल्डोले आफ्नो टिम र सुन्दरताको समर्थकको चित्त बुझाउन सक्लान त ? -एजेन्सी








0 comments:
Post a Comment