गम्भिर अवस्थाकी अनितालाई उपचारका लागि उर्लाबारी स्थित अरनिको अस्पतालमा भर्ना गरिएको छ। कुटपिटबाट अनिताको शरीरका विभिन्न भागमा चोट लागेको छ। टाउको, ढाड र संवेदनशील अंगमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ।
महिला हिंसा विरुद्ध विभिन कार्यक्रमहरू भइरहेपनि महिला हिंसाका घटनामा भने कमि आएका छैनन्। पानी लिनका लागि ट्युवेल पेल्ने क्रममा नन्द गोमालाई छिटा लागेको विषयले घटना कुटपिटमा परिणत भएको प्रहरी चौकी इटहराका इन्चार्ज केशवराज नेपालले बताए। 'अनिताले ट्युवेलबाट पानी निकाल्ने क्रममा नन्द (गोमा) लाई छिटा लागेछ', नेपालले भने, 'त्यही विषयमा विवाद हुँदा घटना कुटपिटमा परिणत भएछ।'
गोमालाई पानीको छिटाले लागेको विषयमा नन्दले भाउजुलाई गाली गलौज गर्न थालेपछि सासु आएर कुटपिट गर्न थालेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न दुवै जनालाई प्रहरीलेे पक्राउ गरेको छ। घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरिएको नेपालले जानकारी दिए।
अनितामाथि यस अघिपनि पटक पटक कुटपिट हुने गरेको स्थानिय बासिन्दाले बताए। 'विभिन्न बहानामा अनितामाथि पटक पटक कुटपिट हुने गरेको छ', स्थानिय सुमन घिमिरेले भने, 'अहिलेको कुटपिटबाट अवस्था गम्भिर बनेको छ ।' पटक पटक कुटपिट हुँदापनि अनिताले आफ्नो पीडा बाहिर नल्याउँदा उनीमाथि बारम्बार घटना भएको घिमिरेको भनाई छ।
सासु र नन्दले अन्धाधुन्ध कुटपिट गरेको पीडित अनिताले दु:खेसो पोखिन्। 'नन्द र सासुले केही न केही वहाना बनाएर नकुटेको दिन छैन्', मरासन्न हुने गरी कुटाई खाएकी अनिताले जिउभरी निलडाम देखाउँदै भनिन्। यस अघि पटक पटक कुटपिट भएपनि घरयासी कुरा बाहिर ल्याउन नचाहेको उनको भनाई छ। घाइते अनिताका आठ वर्षका छोरा र चार बर्षकी छोरी छन्। उनका पति अमर वैदेशिक रोजगारका लागि मलेशियामा छन्।








0 comments:
Post a Comment