Monday, June 9, 2014

AIG एआइजी बढुवा रोक्‍न अदालतको आदेश

काठमाडौं : पुनरावेदन अदालत पाटनले सोमबार नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ।

एआइजी बढुवा प्रक्रिया विधिसम्मत नरहेको दाबी गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो।

एआइजी बढुवामा नपरेका केही डिआइजीहरुको तर्फबाट बढुवा प्रक्रिया रोक्न अदालतमा रिट परेको थियो।
नेपाल प्रहरीमा रिक्त सात एआइजीमा बढुवाका लागि गृहमन्त्रालयले सातजना डिआइजीको नाम सिफारिस गरेको थियो। कार्यसम्पादन मूल्यांकन तथा वरिष्ठतालाई मिचेर केही कनिष्ठ डिआइजीहरुलाई पनि बढुवाको सूचीमा समावेश गरिएको भन्दै असन्तुष्ट व्यक्त भएको थियो।

बढुवा प्रक्रिया वैज्ञानिक र विधिसम्मत नरहेको भन्दै बढुवामा नपरेका डिआइजीहरुले लोकसेवा आयोगमा पनि उजुरी दिएका थिए भने आफ्नो कार्यसम्पादन मूल्यांकन माग गर्दै उनीहरु सूचना आयोगमा पनि गएका थिए।
AIG एआइजी बढुवा रोक्‍न अदालतको आदेश

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment