यसरी बिक्छन् एसएलसीका सर्वोत्कृष्ट व्यापारिक औजार बन्दै एसएलसी टपरहरु
काठमाडौं, असार १० – एलएसएली SLC परिक्षा सकेपछि अहिले प्लस टुमा भर्नाको मौसम शुरु भएको छ । ब्रोडसिट पत्रिकाका ठूला पानाहरु अहिले विभिन्न कलेजहरुको विज्ञापनले भरिभराऊ छ ।
नयाँ शैक्षिक सत्र शुरुवातसँगै आफ्नो कलेजमा विद्यार्थीहरु आकर्षित गर्ने सजिलो मोहरा बनेका छन्, एलएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु । ‘उत्कृष्ट विद्यार्थीले हाम्रो कलेज रोजे, तपाईं पनि रोज्नुहोस्’ भन्दै विज्ञापन गर्ने कलेजहरुको कमी छैन ।
राम्रो कलेजको खोजी गरिरहेका विद्यार्थीहरु पनि उत्कृष्ट अंक ल्याउने विद्यार्थीले रोजेको कलेज पक्कै पनि राम्रै होला भन्दै उनीहरुको पछि–पछि त्यही कलेज तर्फ तानिन्छन् । तर, यहाँ वास्तविकता भने अर्कै हुँदो रहेछ । यसरी एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले ती कलेजहरु आफ्नो स्व–विकेकले रोजेका हुँदैनन् । तिनीहरुलाई विभिन्न प्रलोभन देखाइ खरिद गर्ने गरेको प्रमाण रातोपाटीले फेला पारेको छ । २०६९ सालको एसएलसीमा सबैभन्दा बढी अंक ल्याएका झापाका अशिम घिमिरेले काठमाडौंको नयाँ बानेश्वरमा रहेको लिभरपुल इन्टरनेसनल कलेजमा भर्ना लिएका थिए ।
तर, त्यहाँ उनले आफ्नो स्व–विवेकले भन्दा पनि विभिन्न आर्थिक प्रलोभन देखाई भर्ना गरिएको प्रमाण फेला परेको हो । अशिमलाई मात्र होइन, परिवारलाईलाई सुबिधा दिएर खरिद गरेको छ । दुवै पक्षले गोप्य राख्ने गरी सम्झौता गरेको गोप्य डकुमेन्ट समेत फेला परेको छ । कलेजले अशिम घिमिरेलाई जेहेन्दार विद्यार्थी भएर भन्दा पनि राजधानीमा विभिन्न जिल्लामा आएर कुन कलेज रोज्ने भनेर रनभुल्ल परिरहेका अन्य विद्यार्थी आकर्षित गर्नका लागि कलेजको ‘मार्केटेबल फेस’ बनाउन प्रयोग गर्न खरिद गरेको पाइएको छ । कलेज र अशिमका परिवारबीच भएको गोप्य करारका अनुसार अशिमलाई ल्यापटप सहित भर्ना, ट्युसन, होस्टेल शुल्क निःशुल्क गरिएको छ । त्यसका साथै पहिलो पक्ष अर्थात कलेजले आवश्यकता अनुसार अशिमलाई कलेज पोशाक उपलब्ध गराउने, आउ“दो शैक्षिक सत्रका लागि बहिनी वर्षा घिमिरेलाईलाई समेत पढाउने, होस्टेल र पुस्तक, मेटरियल र कलेज पोशाक समेत निःशुल्क उपलब्ध गराउने सम्झौता गरिएको छ ।
लिखित सम्झौतालाई अति गौप्य राख्ने सम्झौता पनि भएको छ । सर्वोत्कृष्टलाई पूर्ण छात्रवृत्ति दिनु त स्वाभाविक मान्न सकिन्छ तर उनको भविस्यको इच्छा पुरा गर्ने तथा परिवारका अन्य सदस्यको शिक्षा दिक्षासम्मको ठेक्का लिएको छ लिभरपुल स्कुलले । सम्झौताको तेस्रो बु“दामा प्लस टु पछि उसले अध्ययन गर्ने विषयमा प्रि–मेडिकल वा प्रि–इन्जिनियरिङ वा सिएको कक्षा जुन ठाउ“मा उपयुक्त हुन्छ त्यही ठाउ“ उपलब्ध गराउने समेत सम्झौता छ । सम्झौताको पा“चौं बु“दामा भनिएको छ, ‘दोस्रो पक्षको बहिनि वर्षा घिमिरेलाई २०७१÷०७२ को सेसनमा शैक्षिक र होस्टेलको सुबिधा प्रथम पक्ष्ँले उपलब्ध गराउने छ ।
उनले पुस्तक, पोशाक र अरु मेटरियलले इन्टरटेन गराइने छ ।’ सो सम्झौतामा कुनै बिबाद आएमा दुवै पक्षको बुझाईबाट समाधान गर्ने उल्लेख छ । सम्झौतापत्रमा विद्यार्थी अशिम घिमिरे, उनका बाबु टीकाराम घिमिरे र कलेजको तर्फबाट प्रबन्ध निर्देशक गोबिन्द घिमिरेले हस्ताक्षर गरेका छन् । प्रवेश परिक्षामा पनि झेल प्रवेश परीक्षामा सबैभन्दा धेरै ल्याउनेलाई होस्टलदेखि सबै निःशुल्क गर्ने व्यवस्था छ । तर प्रवेश परीक्षामा सबैभन्दा धेरै निशान श्रेष्ठले ८५ ल्याए । तर अशिमको ७० आएपछि तीनपटक नम्बर थपेर ८९ पु¥याएर सबै निःशुल्क गराए । हेर्नुहोस् तस्विरः घैलाडुम्बा–८, खाडीबस्ती, झापाका अनिश घिमिरे २०६९ सालको एसएलसी परीक्षामा सार्वजनिक भएअनुसार सबैभन्दा धेरै नम्बर ल्याउने ब्यक्ति हुन् । झापाको लिटिर फ्लावर इंलिस स्कुलबाट एसएलसी परीक्षा दिएका थिए । अहिले अशिम कक्षा ११ को परीक्षा दिएर १२ मा अध्ययन गर्छन् । लिभरपुल कलेका प्रिन्सिपल डा. विद्या अधिकारीले भने अशिम आफै आएको दाबी गरे ।
उनले उनी र उनको परिवारालाई झापाबाट नझिकाएको पनि बताए । किन सम्झौता पत्रमा हस्ताक्षर गरिएको प्रश्नमा भने उनले भने, ‘लेखेर दिँदैमा व्यापार हुँदैन । उनलाई दिएको सुविधाको विषयमा उनले मुख फेर्छन् भनेर करार गराएको दाबी गरे ।’ यद्यपि, कलेजले असिम तथा उनको परिवारलाई काठमाडौं आउनका लागि प्लेन टिकटनै उपलब्ध गराइएको थियो । प्लेन टिकट हेर्न यहाँ क्लिक गरेर हेर्न सकिन्छ । एसएसलसी टपर ‘व्यापारिक औजार’ सामान्यरुपमा हेर्दा एसएलसीका विद्यार्थीलाई छात्रवृत्ति दिएर कलेजले राम्रै गरेको देखिए पनि यसको भित्री उद्देश्य भनेको उनीहरुलाई विभिन्न प्रलोभन देखाएर ‘कब्जा’ मा लिएर आफ्नो व्यापारिक औजारका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । लिभरपुल इन्टरनेशनल कलेज एउटा प्रतिनिधि पात्र मात्र हो । एसएसलसीको नतिजा आउने वित्तिकै राजधानीका कलेजहरुबीच उत्कृष्ट विद्यार्थीलाई तान्ने होडबाजी नै चल्छ ।
अनि शुरु हुन्छ खरिद विक्रीको खेल र अस्वस्थ प्रतिस्पर्धा । त्यही भएर राम्रो कलेज खोजिरहेका विद्यार्थीहरुले यसरी कुनै एसएलसी टपरको पछि लाग्नुभन्दा पनि आफ्नो स्वविवेकले कलेज रोज्नुपर्ने देखिन्छ । नत्र त्यहाँ ठगिन सक्छन् । पत्रिकामा विज्ञापन, मारमा विद्यार्थी देशका ठूला दैनिक पत्रिकामा पूर्ण पेजको विज्ञापन गर्ने अहिले विभिन्न कलेजहरुबीच होडबाजी नै चलेको छ । यसरी विज्ञापन गर्न एउटै कलेजले ५० लाख देखि १ करोडसम्म खर्च गर्छन् । उक्त खर्च उठाउने एक मात्र उपाय भनेको विद्यार्थीमाथि चर्को शुल्क अशुल्ने ।
गत वर्ष ‘वार्सा कलेज’ ले विज्ञापनमा रकर्ड नै बनाएको थियो । तर, विज्ञापन गर्दा गरेको खर्चको मारबाट अझै उक्त कलेज उस्किन सकेको छैन । पूराना र स्थापित कलेजभन्दा पनि नयाँ कलेजहरुमा यस्तो प्रवृत्ति देखिएको छ । नयाँ कलेजहरुले ठूला–ठूला विज्ञापन गरेपछि पूराना कलेज पनि उनीहरुको सिको गर्न बाध्य छन् । एक कलेजका प्रिन्सिपलले दुःख पोख्दै भने, ‘मलाई विज्ञापन गरेर कुनै फाइदा छैन । विद्यार्थी आफै आउँछन् । तर विद्यार्थीहरुलाई मेरो पनि कलेजको विज्ञापन छ है भनेर देखाउन वर्षको ३ लाख रुपैयाँ विज्ञापनमा नै खर्च गर्नुपर्छ ।’
Ratopati.com बाट








0 comments:
Post a Comment