Wednesday, June 11, 2014

एसएलसी परीक्षाको नतिजा चाँडै प्रकाशित हुने

काठमाडौं, जेठ २८ – यस वर्षको एसएलसी परीक्षाको नतिजा जेठ ३० गते प्रकाशित हुने भएको छ ।

मंगलबार सम्पन्न बोर्डको बैठकले ३० गते परीक्षा प्रकाशित निर्णय गरेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । परीक्षाफल प्रकाशित गर्ने गरी सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

सबै काम सकिएको र अन्तिम तयारीको लागि बुक अनुसार हेर्ने काम मात्रै बाँकी रहेको बताउँदै बोर्डको सदस्य सचिव समेत रहेका परीक्षा नियन्त्रक द्वारेले परीक्षाफल प्रकाशित गर्ने सबै तयारी पुरा भएको बताए । परीक्षाफल प्रकाशित गर्न बस्ने बैठकले ग्रेस नम्बर दिनेविषयमा छलफल गरी परीक्षाफल प्रकाशित गर्नेछ ।
SLC
एसएलसीमा ५८ वटा विषयको परीक्षा सञ्चालन भएको थियो भने । यस वर्षको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ जना परीक्षार्थी थिए । परीक्षाका लागि देशभरिमा एक हजार ७८६ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

जसमा सबैभन्दा बढी काठमाडौमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक एक केन्द्र कायम गरिएका थिए । परीक्षामा देशभरिमा एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ जना सहायक केन्द्रध्यक्ष, २१ हजार ८९० जना निरीक्षक, सात हजार २९७ जना सहयोगी र १९ हजार ८६० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो  रातोपाटी डटकममा प्रकाशित छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment