चार दाबाटोमा सीरआभी भ्यानमा ड्युटीरत बुढाथोकी सडकमा मानसिक रोगी आएको देखेपछि उनलाई बचाउन अघि बढेका थिए। तर काठमाडौंबाट भक्तपुरमा तीब्र गतिमा आउँदै गरेको बा ५ च ८९०२ नम्बरको टाटामोबाइलले उनैलाई कालको मुखमा लग्यो।
टाटामोबाइलको ठक्करबाट गम्भीर घाइते बुढाथोकीलाई तत्काल उपचारको लागि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए।
ललितपुर इमाडोल निवासी बुढाथोकी महानगरीय प्रहरी वृत्त ठिमीअन्तर्गत चारदोबाटोस्थित सीआरभीमा कार्यरत थिए। तीब्र गतिमा आएको टाटामोबाइल प्रहरी हबल्दार बुढाथोकीलाई ठक्कर दिएपछि उछिट्टिएर ६ लेन सडकको बीचको रेलिङमा ठोकिन पुगेको थियो। फलामे रेलिङमा ठोक्किएको टाटामोबाइल जुन दिशाबाट आएको थियो सोही दिशातिर फर्किन पुगेको थियो। प्रहरीले ठक्कर दिने टाटामोबाइल र त्यसका चालक भक्तपुर दुवाकोट गाविस निवासी १९ वर्षीय विकास श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अघि बढाएको छ।








0 comments:
Post a Comment