उनलाई इकोनोमिक्स र बुम विषय मन पर्थ्यो। दैनिक एकाउन्ट पनि अभ्यास गर्थिन्। नेपाली र अंग्रेजी विषय भने त्यति पर्दैनथ्यो।
बिहान कलेज पढ्ने उनी दिउँसो आराम गर्थिन् र साँझदेखि राति ११ बजेसम्म पढ्थिन्। प्राय: कापीमा लेखेर पढ्ने बानी भएकी प्रविना म्याथम्याटिक्स र एकाउन्ट भने गीत सुन्दै अभ्यास गर्थिन्। उनी सम्झन्छिन्, 'होस्टेलमा अरूलाई डिस्टर्ब होला भनेर हेडफोन लगाएर प्राक्टिस गर्थें।' प्रविना कक्षामा शिक्षकले पढाएका कुरालाई ध्यान दिएर आफैं नोट बनाउने गर्थिन्। अरू कसैको नोट सार्ने बानी थिएन। बरू उनी अरूलाई सिकाउन बढी मन पराउँथिन्। अरूलाई सिकाउँदा झनै ज्ञान बढ्ने उनको भनाइ छ।
प्लस टुमा किताब धेरै किनेर पढ्ने बानी नभएकी प्रविनाको पढ्ने तरिका स्नातकोत्तरसम्म पुग्दा पूरै बदलियो। 'प्लस टु पढ्दा कसरी पास हुने भन्ने सोचेर पढ्थेँ तर स्नातकोत्तरमा ज्ञान बढाउने हिसाबले पढियो', उनी भन्छिन्, 'अहिले हरेक विषयलाई एनलाइसिस गरेर पढ्छु, इन्टरनेटबाट पनि धेरै किताब खोजेर पढ्छु।'
परीक्षामा राम्रो अंक ल्याउन विषयवस्तु र समय व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण कुरा भएको प्रविना बताउँछिन्। विषयवस्तुअनुसार समय व्यवस्थापन गरे सबै प्रश्न हल गर्न सकिने र राम्रो अंक पनि पाउन सकिने उनको अनुभव छ। त्यसैले त उनले प्रथम श्रेणीमा पास गरिन्।
अभिनेता जीवन लुइँटेलले ७४ प्रतिशत ल्याएर एसएलसी पास गरे। कला र साहित्यमा रुचि भएका उनले परिवारको दबाबमा विज्ञान विषय पढ्नुपर्यो। एकै पटक विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका उनले दुवै विषयमा राम्रो अंक ल्याउन सकेनन्।
'घरमा सबै धेरै पढेका मान्छे भएकाले छोरोले विज्ञान पढोस् र डाक्टर बनोस् भन्ने उहाँहरूको इच्छा थियो, तर मेरो रुचि बेग्लै थियो', उनी भन्छन्, 'तीन वर्ष लगाएर इन्टरमिडियट पूरा गरेँ।' उनलाई केही मात्रामा रसायनशास्त्र मन परे पनि अरू विषय भने फिटिक्कै मन पर्दैनथ्यो।
व्यवस्थापनतिर पनि गणित र तथ्यांकशास्त्र मनै पर्दैनथ्यो। परीक्षामा पास हुने हिसाबले मात्र पढ्ने जीवनले प्रविनाता प्रमाणपत्र तहमा ४८ प्रतिशत अंकमात्र ल्याए। त्यो समयसम्म पनि उनलाई मानविकी संकायमा साहित्य पढ्ने ठूलो रुचि थियो। तर त्यो पूरा हुन सकेन। व्यवस्थापन संकायमा नै स्नातक तह पहिलो वर्ष पढ्दापढ्दै मिस्टर नेपाल बनेका जीवनले त्यसपछि पढाइलाई सामान्य हिसाबले मात्र अघि बढाए। स्नातक तह उत्तीर्ण गरेपछि चलचित्र क्षेत्रमा लागेकाले उनलाई यसै क्षेत्रमा अध्ययन गर्न मन लाग्यो। त्यसपछि जीवन 'फि ल्म स्टडिज' मा स्नातकोत्तर गर्न अस्ट्रेलिया गए। 'अस्ट्रेलिया गएपछि नेपालीलाई पढ्नभन्दा बढी काम गर्न मन लाग्दो रहेछ।' उनी भन्छन्, 'म पनि पढ्नभन्दा काममा बढी ध्यान दिन थालेँ, ६ महिनामै नेपाल फर्किएँ।'
जीवनलाई नेपाली विषय भने असाध्यै मन पथ । विद्यालयस्तरमा कहिल्यै दोस्रो नभएका जीवन कलेजमा पनि अतिरिक्त क्रियाकलापमा क्रियाशील थिए। हाजिरीजवाफ होस् कि वक्तृत्वकला कुनै पनि प्रतियोगितामा उनी सधैं अगाडि हुन्थे। आफ्नो रुचिको विषय पढ्न नपाएका जीवनलाई साहित्य पढ्न पाएको भए निकै राम्रो स्थानमा पुग्थें जस्तो लाग्छ। तर चलचित्र क्षेत्रमा पनि उनी शिक्षाकै कारण यो स्थान हासिल गर्न सफल भएको बताउँछन्। राम्रो अंक ल्याउन नसके पनि आफ्नो कार्यक्षेत्रको विषयमा अध्ययन गर्ने बानीले उनलाई सफलता दिइरहेको छ।
आफूले कमाएको नामबाट नै सन्तुष्ट भएको बताउने जीवनलाई आमसञ्चार वा चलचित्र कुनै एक विषयमा स्नातकोत्तर अध्ययन गर्ने रहर अझै मरेको छैन। 'स्नातकोत्तर त गर्छु नै तर केही समयपछि मात्र पढ्ने विचार छ', उनी भन्छन्, 'नाम पनि सजिलै कमाइने कुरा होइन, त्यसैले अहिले काममा नै ध्यान दिएको छु अध्ययन केही समयपछि अवश्य अघि बढाउनेछु।'
अभिनेत्री दिया मास्केले नृत्यमा स्नातकोत्तर गरिन्। उनीले स्नातकोत्तरमा स्वर्ण पदक पनि पाइन्। समाजशास्त्र पनि अध्ययन गरेकी उनको एसएलसी उत्तीर्ण भएपछि कोरियोग्राफर बन्ने लक्ष्य थियो। 'घरमा सबैले काम जे गरे पनि पढ्नै पर्छ भन्नुहुन्थ्यो। तर मेरो चाहना कोरियोग्राफर बन्ने थियो' उनी भन्छिन्, 'पढ्न चाहिँ मैले आमाबुवाको लागि पढेको हो।' कुनै पनि विषय अध्ययन गर्दा घोक्नेभन्दा पनि बुझ्ने प्रयास गर्नुका साथै नजानेका कुरा शिक्षक वा साथिलाई सोधि हाल्थिन उनी।
साथिसँग मिलेर छलफल गर्दै पढ्ने बानी भएकी दियालाई रातको समयमा पढ्न ठिक लाग्छ। कलेज पढदा पढ्दापढ्दै विहानको दुइ तीन बजेको थाहै पाउदिनथिन्। उनलाई नृत्य सबभन्दा मन पर्ने र अध्ययन पनि यही विषयमा गरेकाले जाँगर नचल्ने कुरै भएन। एसएलसी दिनासाथ काम गर्दै पढ्नु परेकाले उनी कक्षाकी नियमित विद्यार्थी भने बन्न सकिनन्।
आफ्नो रुचीको विषय पढ्न पाएकाले सफल पनि भएको उनको अनुभव छ। 'बजारमा चलेको र सजिलै पैसा कमाउनेभन्दा पनि आफ्नो रुचीको विषय पढ्नुपर्छ' उनी भन्छिन्, 'आफुलाई मनपर्ने भएपछि जुन विषय भए पनि नतिजा राम्रो ल्याउन सकिन्छ।'








0 comments:
Post a Comment