Friday, June 27, 2014

ग्यास पाइप विस्फोट हुँ‌दा १६ को ज्यान गयो

दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा शुक्रबार ग्यास पाइपलाइन विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको र १३ व्यक्तिको शव निकालिएको गृह राज्यमन्त्री एन चिन्‍न राजापा एएफपी समाचार समितिलाई बताएको छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ६.३० बजे गोदावरी जिल्लामा अवस्थित राज्यद्धारा सञ्‍चालित ग्यास प्राधिकरण लिमिटेड (गेल) को एक पाइनलाइन विस्फोटनमा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ घाइते भएको जनाइएको छ। घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ। ग्यास पाइपलाइन विस्फोटन हुनुको कारण भने हालसम्म पत्ता नलागेको अनुसान्धारत रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

हैदराबाददेखि ५५० किलोमिटर टाढा रहेको अमालपुरम मण्डलको नगरम गाउँमा भएको यस घटनाबाट कम्ती ५० वटा घर आगलागी भएको पनि समाचार छ।यस महिनाको सुरुमा पनि छत्तिसगढ राज्यमा विषालु ग्यास विस्फोटबाट ६ व्यक्तिको मृत्यु भएको थियो। रासस/एएफपी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment