१२ वर्षीया नेपाली बालिका तेरिया फैजा मगर भारतीय च्यानल जीटीभीमा प्रसारण भएको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन ३ को उपाधि चुमेकी थिइन।
गत असार ७ गते शनिबार राती भएको भएको अन्तिम फाइनलमा १२ वर्षीया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जितेकी थिइन।उपाधीसँगै तेरियाले भारतीय रुपैया ५० लाख र एउटा शानदार कारसमेत पाइन्।
विगत पाँच महिनादेखि भारतको मुम्बइमा भएको उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भइ डान्स इन्डिया डान्सको ग्रान्ड फाइनलमा प्रवेश गरेकी गरेकी थिइन।
डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्म पुगेर उपाधि जित्ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्। केही वर्षअघि भारतीय अर्को प्रसिद्ध च्यानल सोनी टीभीद्वारा आयोजित गायन प्रतियोगिता इन्डियन आइडलमा प्रशान्त तामाङले रेकर्ड कायम गरेका थिए।








0 comments:
Post a Comment