पछिल्लो समयमा सोहेलले अभिनेत्री हुमा कुरैसीसँग समय बिताइरहेको बताइएको छ। समाचार स्रोतका अनुसार सोहेल धेरैपटक हुमाको घर र अपार्टमेन्टमा आवतजावत गरेको अवस्थामा भेटिएका छन्।सोहेल आफ्नो प्रतिष्ठाका बारेमा सजग रहे पनि यसपटक भने उनी सञ्चारमाध्यमबाट बच्न सकेनन्।
समय मिल्नासाथ हुमालाई भेट्न जाने सोहेल कहिलेकाहीँ सार्वजनिक स्थलमा पनि सँगै देखिन्छन्। सोहेल विवाहित हुन्। उनले १६ वर्षअगाडि सीमा सचदेवसँग विवाह गरेका थिए। उनीहरूका दुई छोरी पनि छन्।यसअघि हुमाको नाम चलचित्र निर्देशक अनुराग कश्यप र अभिनेता शाहिद कपुरसँग पनि जोडिएको थियो। सोहेलसँगको सम्बन्धबारे चर्चा भइरहेका बेला हुमाले भने ट्विट गर्दै चार वर्षपछि आफ्नो विवाह हुने घोषणा गरेकी छन्। स्रोतका अनुसार इटालीमा एक ज्योतिषलाई हात देखाएपछि सन् २०१८ मा विवाहबन्धनमा बाँधिने उनले बताएकी हुन्।
अहिले पनि हुमा र अनुरागको निकटताबारे चर्चा भइरहन्छ। केही सञ्चारमाध्यमले अनुराग र उनकी श्रीमती कोचलिन छुट्टिनुको कारण हुमा भएको विश्लेषण गरेका छन्। हुमाले अनुराग र सोहेलमध्ये कसलाई आफ्नो बनाउँछिन् वा अरू कसैलाई अँगाल्छिन्? त्यो भने समयले तय गर्नेछ। -एजेन्सी








0 comments:
Post a Comment