चिकित्सकका अनुसार फोक्सोमा देखिएको दाग निमोनिया, क्रोनिक ब्रोनकाइटिस, क्षयरोग, क्यान्सर वा अन्य कुनै पनि हुन सक्छ। कोइरालाको एक सातादेखि घरमै उपचार थालिएको थियो। चिकित्सकका अनुसार कोइरालाको स्वास्थ्य स्थिति खस्किँदै गएको छ। आराम गर्न पटकपटक आग्रह गरे पनि उनले मानेका छैनन्। कोइरालामा श्वासप्रश्स्वासको समस्या पनि छ।
कोइराला नियमित स्वास्थ्य परिक्षणका लागि अर्को साता अमेरिका जाने भएका छन्। जिब्रोको क्यान्सरको शल्यक्रिया गराएका कोइरालाले न्युयोर्कस्थित क्यान्सर सेन्टरमा स्वास्थ्य परिक्षण गराउँदै आएका छन्। उनले ७ बर्ष अघि सोही सेन्टरमा जिब्रोको शल्यक्रिया गराएका थिए। फोक्सोमा देखिएको कालो दागको उपचार पनि अमेरिकामै गराउने तयारी भएको स्रोतको दावी छ।अन्नपूर्णपोस्ट








0 comments:
Post a Comment