आफ्नो चलचित्रमा हिरोइन सिफारिश गर्न पनि सलमान खप्पिस छन् । हालै मात्र एक नव-नायिकाको नाम नै उनले बदलिदिएका छन् ।
चलचित्र ‘फगली’ मार्फत बलिउडमा पाइला चालेकी आलिया आडवाडीको नाम नै उनले परिवर्तन गरिदिएका हुन् । बलिउडमा आलिया आडवाडी भनेर कसैले पनि चिन्दैन । उनलाई किरारा आडवाडी भनेको खण्डमा मात्र सबैले चिन्छन् ।
किराराकी आमा सलमानकीे साथी हुन् । जब सलमानले आलिया बलिउडमा प्रवेश गर्न लागेको खबर थाहा पाए, उनलाई उनको नाम खासै चित्त वुझेन । कारण आलिया नामले अर्की एक हिरोइन बलिउडमा चर्चित भैसकेकी छिन् ।
यसैले पनि उनले आलिया नाम राख्दा दर्शकमा दुविधा उत्पन्न हुने बताउँदै ‘फगली’ हिरोइनको नाम किरारा राखिदिएका हुन् । किराराले आफूलाई यो नाम खुबै मन परेको भन्दै सलमान खानले बलिउड नाम न्वारन गरिदिएको बताइन् ।








0 comments:
Post a Comment