Thursday, June 5, 2014

श्रीमतीको नग्न तस्बिर फेसबुकमा राखेपछि

काठमाडौं– आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक खोलेर नग्न तस्बिर राखेको अभियोगमा राजु महर्जन प्रहरी हिरासतमा पुगेका छन्।
श्रीमतीको नाममा फेसबुक एकान्ट खोलेर अर्कै युवतीको नग्न तस्बिरमा श्रीमतीको टाउको जोडेर पोस्ट गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्रेको हो।

महाशाखाका एक प्रहरी अधिकारीका अनुसार दुवैको सम्बन्ध बिग्रेपछि काठमाडौं जिल्ला अदालतमा ७ महिनादेखि सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ।

केही महिनाअघि आफ्नो टाउको जोडिएको नग्न तस्बिर फेसबुकमा देखेपछि एक साताअगाडि अपराध महाशाखाको साइबर सेलमा उजुरी परेको थियो।

उनले प्रारम्भमै आफ्नै श्रीमानमाथि शंका रहेको बताएपछि प्रहरीले राजुलाई पक्राउ गरी सोधपुछ गर्दा उनले स्विकारेका थिए। विद्युतीय कारोबार ऐनअनुसार काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जानकारी दिएको  कुरा अाजको नागरिकन्युजमा प्रकाशित छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment