कलेज अफ पोडियाट्रीले गरेको अध्ययन अनुसार सन् १९७० यता मानिसको खुट्टाको औषत आकारमा वृद्धि हुँदै गएको देखाएको हो । अध्ययन अनुसार अहिले बेलायती पुरुषहरुका लागि चाहिने जुत्ताको औषत आकार १० हो, जबकी ४० वर्षपहिले बेलायती पुरुष जुत्ताको औषत साइज ८ मात्र हुन्थ्यो । त्यस्तै सन् १९७० तिर महिलाले औषतमा ४ साइजको जुत्ता लगाउने गरेकोमा अहिलेका महिलालाई औषतमा ६ साइजका जुत्ता चाहिन्छन् ।
मानिसको उचाइ, सरीरको आकारमा समेत वृद्धि भएको हुँदा खुट्टाको आकार पनि बढेको कलेजको निष्कर्ष छ । २००० जना बयस्क व्यक्तिमा गरिएको सर्भेक्षणमा सहभागि मानिसहरुले पनि आफ्नो खुट्टाको आकार बढेको महसुस गरेका छन् । झण्डै एक चौथाइ पुरुष र ४१ प्रतिशत महिलाले पछिल्ला वर्षमा आफ्नो खुट्टाको आकार चौडा तथा लामो बनेको बताए ।
२० प्रतिशतले त आफुले आफ्नो खुट्टालाई मिल्ने जुत्ता खोज्न पनि मुस्किल परेको दुखेसो गरे । शोधकर्ता लोरन जोन्स भन्छन्, ‘पाइतालाको आकार बढ्दै गइरहेको छ किनकी हामी बढि अग्लो तथा बढि तौलको बन्दै गएका छौँ ।’ तौल बढेका कारण खुट्टामा बढि वजनको चाप पर्ने र त्यसका कारण लिगामेन्ट र जोर्नीमा दबाब बढि खुट्टाको आकार बढि चौडा र लामो हुने उनको तर्क छ ।








0 comments:
Post a Comment