२०७१ जेठ, २१ बुधबार - चालकले Smart phone चलाउँदा बस भीरबाट खसेर बीसजना यात्रुले ज्यान गुमाउनु परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। स्वर्गद्वारीबाट भारतीय तीर्थयात्री बोकेर फर्किएको बस सोमबार अपरान्ह प्यूठानमा दुर्घटना भएको थियो ।
सडकबाट ७७ मिटर तल भीरमा बस खस्दा अहिलेसम्म बाइसजनाको मृत्यु भइसकेको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। भारतबाट स्वर्गद्वारीको दर्शन गर्न आएका सबै यात्रु उत्तर प्रदेशको बलरामपुरका थिए। अहिलेसम्म जम्मा सातजनाको मात्रै सनाखत भएको छ भने बाँकी शव सनाखतका लागि प्रहरीले उत्तरप्रदेश लैजाने तयारी गरेको छ।
जिल्ला प्रहरी कार्यलय प्यूठानका नायव उपरीक्षक दीपक रेग्मीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकको लापरवाही बढी देखिएको छ। बस हाँकिरहेका चालकले मोबाइलमा पनि कुरा गरिरहेको केही घाइतेले बताएका छन्। दुर्घटनामा चालक पनि घाइते भएका छन्। 'मोबाइल चलाइरहेको भन्ने कुरा आइरहेको छ, हाम्रो प्रारम्भिक अनुसन्धानबाट पनि त्यस्तो देखिएको छ। हामी अनुसन्धान गर्दैछौं, रेग्मीले भने। चालकलाई प्रहरीको निगरानीमा उपचार भइरहेको र ठीक अवस्थामा आएपछि उससँग पनि बयान लिइने नायव उपरीक्षक रेग्मीले बताए।








0 comments:
Post a Comment