Saturday, June 14, 2014

बुढ्यौली उमेरमा एसएलसी पास बधाई थाप्न भ्याईनभ्याई

काठमाडौं, जेठ ३१ - ओखलढुंगा टोक्सेलकी ४४ वर्षिया हिरादेवी तिमिल्सिनालाई यतिबेला बधाई थाप्न भ्याईनभ्याई छ ।
बुढ्यौली उमेरमा एसएलसी पास गरेको खबर सुनेपछि उहाँलाई बधाई दिनेहरुको ओइरो लागेको हो ।
पढ्नलाई उमेरले पनि छेक्दो रहेनछ, अनि मेहनत गर्दा सफलता पनि मिल्दो रहेछ’ उज्यालो अनलाइनसँगको कुराकानीमा उहाँले भन्नुभयो ।

सिन्धुली थाङसाङकी तिमिल्सिनाले सानोमा ८ कक्षा मात्रै पढ्न पाउनुभयो । घर नजिक स्कूल नभएको र चाँडै विवाह पनि भएकाले उहाँको पढाई बीचमै अलमलियो ।

पढाई छोडेको २६ वर्षपछि पोहोर साल उहाँ काठमाडौं तीनकुनेको उत्प्रेरणा महिला विद्यालयमा ९ कक्षा भर्ना हुनुभयो ।

‘जाँच दिएको बेलामा पास हुन्छु भन्ने लागेको थिएँ, सोचेकै नतिजा आयो’ उहाँले भन्नुभयो । उहाँका दुई छोरा स्नातक अध्ययनरत छन् ।

उहाँ पढ्ने विद्यालयका अरु १५ जना महिला पनि एसएलसीमा पास भएका छन् । सबैको उमेर उहाँकै हाराहारीको छ । मेहनत गरे सफल भइन्छ भन्ने यो गतिलो उदाहरण होइन त ?
Ujayalo Online बाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment