Saturday, June 28, 2014

कक्षा ६ मा पढ्ने बालिका गर्भवती भएपछी होटल मालिक पक्राउ

बुटवल - बालिकामाथि यौनशोषण गरेको आरोपमा रुपन्देही बुटवलका एक होटल ब्यवसायी पक्राउ परेका छन् ।

आफ्नै होटलमा काम गर्ने १४ वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक ५३ वर्षका लेखनाथ भण्डारीलाई पक्रेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ बुटवलको एक विद्यालयमा कक्षा ६ मा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफु गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो ।

भण्डारीले पनि यौनशोषणको आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बुटवलका डिएसपी दिनेश आचार्यले बताउनुभयो । छोरीको रुपमा पालनपोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले ७ वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment