अस्ट्रेलियाको मेलबर्नमा आयोजित आइसीसीको वार्षिक सम्मेलनले नेपाललाई टी–२० को मान्यता दिएको हो । नेपालसँगै नेदरल्याण्डले पनि टी–२० को मान्यता पाएको छ ।
एसोसिएट राष्ट्रहरुमध्ये टी–२० को मान्यता पाउने अन्य राष्ट्रहरुमा अफगानिस्तान, हङकङ, आयरल्याण्ड, स्कटल्याण्ड र पपुवान्युगिनी र युएई रहेका छन् । त्यस्तै सम्मेलनले अमेरिकाको युएसए क्रिकेट एसोसिएसनलाई आफ्नो सदस्यको रुपमा मान्यता दिएको छ । अमेरिकन क्रिकेट फेडरेसनको सट्टा एसोसिएसनलाई मान्यता दिएको हो ।








0 comments:
Post a Comment