Thursday, June 12, 2014

Samsung Galaxy s5 का ग्राहकलार्इ गिफ्ट भौचर

काठमाडौं । प्रख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले विश्वकप फुटबल प्रतियोगिताको अवसर पारी विश्वव्यापी रुपमा ग्यालेक्सी ११ नामक नयाँ क्याम्पेन Samsung Galaxy s5 का ग्राहकलार्इ गिफ्ट भौचर ल्याएको छ ।
फुटबल प्रेमीहरुलाई अझ बढी रमाइलो र खुसीको उपहार दिन यो क्याम्पेन ग्राहकसामु ल्याएको कम्पनीले जनाएको छ ।

लियोनेल मेसी, क्रिस्टीयानो रोनाल्डो र वेन रुनीजस्ता ११ अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु भएको यस क्याम्पेनमा ती खेलाडीहरुले एलियनबाट पृथ्वीलाई बचाउन खेल्ने फुटबल खेल, मोबइल गेमजस्ता विभिन्न ग्यालेक्सी ११ ब्राण्डेड आकर्षक तथा रमाइला सामाग्रीहरु राखिएका छन । नेपालमा पनि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले ग्यालेक्सी ११ क्याम्पेनअन्तर्गत विभिन्न उपहार योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत असार ३० गतेसम्म ग्यालेक्सी एस फाइभ स्मार्टफोनका नयाँ तथा पुराना दुबै ग्राहकहरुले फ्रि गिफ्ट भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ । गिफ्ट भौचरबाट सामसुङ ब्राण्ड शपबाट ग्यालेक्सी ११ ब्राण्डेड फुटबल, इङ्गलैण्ड, जर्मनी, ब्राजील र अर्जेन्टीनामध्ये कुनै एक देशको जर्सी र क्रिस्टियानो रोनाल्डो भएको प्रोक्टेटिभ कभर सित्तैमा प्राप्त गर्न सकिने छ । साथै, असार ७ गतेसम्म हरेक ग्यालेक्सी एस फाइभको खरिदमा ग्राहकहरुले १० हजार रुपैयाँ क्यास ब्याक र ५ हजार रुपैयाू बराबरको डाटा भएको टेलिकमको सीम पनि प्राप्त गर्ने आइएमएसले जनाएको छ । नेपालमा पनि ग्यालेक्सी ११ को एन्ड्रोइड एप डाउनलोड गरी ग्यालेक्सी ११ मोबाइल गेमको मज्जा लिन सकिन्छ - See more

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment