Thursday, July 3, 2014

लासले आँखा झिम्काए पछि

जब मानिसहरु चल्न, चट्पटाउन, केहि हाउभाउ गर्न, सास फेर्न बन्द गर्छ र शरिर चिसो हुन्छ त्यतिबेला कसैको मृत्यु भएको भनेर बुझ्नुपर्छ । तर मृत्यु भइसकेपछि पनि कुनै लासले आँखा झिम्काउने गर्दछ भने यो भन्दा रोचक कुरा अरु के होला र ? हो, यस्तै अचम्म भएको छ इटालीको सिसिली राजधानी प्यालरमोमा ।

‘स्लिपिङ ब्युटी’ नामांकरण गरिएको सन् १९२० मा मृत्यु भएका दुई वर्षीया रोजालिया लोबरडोले आफ्नो चिहानमा आँखा झिम्काएको पाइयो । यो अचम्मको घटनाको जानकारी दिँदै एक इटालियन पत्रिकाका अनुसार, सन् १९२० मा मरेका आठ हजार मानिसको चिहानलाई प्यालरमोको एक सम्मेलनमा सुरक्षित राखिएको छ । त्यसै क्रममा लोबरडोले आफ्नो चिहानमा आँखा झिम्काइरहेको पाइएको छ । यो अचम्मको खबर यति छिटो फैलिरहेको छ कि यो असाधारण घटनाको एक झलक पाउन मानिसहरु संसारभरबाट सिसिलीतर्फ आइरहेको बताइएको छ ।

यद्यपी, चिहानका निरिक्षक ड्यारियो भन्छन् कि यो प्रकाशद्वारा उत्पादित एक अप्टिकल भ्रम मात्र हो । तर, यो घटनाको पर्दाफास त्यतिबेला भयो जब लोबरडोको लासलाई एक सिल गरिएको ग्लासको शव–पेटिकामा सारियो । शव–पेटिकाका निरिक्षक भन्छन् कि लासको आँखा पूरै बन्द नभएका कारण यस्तो अड्कलबाजी गरिएको हो । रोजलियाको बुवाका साथीले शवलाई सफल संरक्षण गर्नका लागि कस्तो खालको रसायन प्रयोग गरिएको छ भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा यो रहस्य सन् २००९ मा सार्वजनिक भएको थियो ।(एजेन्सी)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment