Monday, July 7, 2014

प्रेमीको कान टोकेका कारण जेल चलान

पूर्व प्रेमिकाको प्रेमीलाई कान टोकेका कारण जेल चलान 

न्यूजिल्याण्ड (एजेन्सी) – न्यूजिल्याण्डमा एक भारतीय नागरिक अनिश रावलाई आफ्नी पूर्व प्रेमिकाको प्रेमीको कान टोकेका कारण दुई वर्ष तीन महिनाको जेल सजायँ सुनाइएको छ । अनिश पछिल्लो वर्ष अकल्याण्डमा बस्ने पूर्व प्रेमिका अशारीको प्रेमीको घरमा जबर्जस्ती घुसे ।

जतिबेला अनिश भित्र छिरे त्यतिबेला अशारी रामसँग सुतिरहेकी थिइन् । त्यो घटना सहन नसकि अनिशले रामको बायाँ कान टोकिदिए । घरबाट निस्कनुभन्दा पहिले अनिशले अशारीलाई पनि कुटपिट गरेका थिए । अशारी र रामको तीन वर्षको छोरी पनि छिन् ।

यो पूरै घटनापछि अकल्याण्डको जिल्ला अदालतले अनिशलाई दुई वर्ष तीन महिनाको सजायँ सुनाएको छ ।
घटनाको चौतर्फी विवाद भइरहेको छ । अनिशलाई भने आफूले गरेको कार्य प्रति कुनै पछुतो छैन । 

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment