Monday, July 7, 2014

ऐन विपरीत चुरोट बेच्ने कारबाहीमा

सरकारले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणसम्बन्धी एेन बनेको झन्डै दुई वर्षपछि कार्यान्वयन भएनभएको बारेमा अनुगमन गर्न थालेको छ। सुर्तीजन्य पदार्थ सेवन र बिक्रीबारे अनुगमन नहुँदा मानवस्वास्थ्य जोखिममा परेको गुनासो आइरहेपछि सरकारले सक्रियता बढाएको हो।

एेन कार्यान्वयनको जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता हित संरक्षण मञ्चले अनुगमनमा चासो देखाएका हुन्। स्वास्थ्यमन्त्री खगराज अधिकारीसहित वाणिज्य विभागका प्रमुख, जिल्ला प्रशासन प्रमुख, उपभोक्त ा हित संरक्षण मञ्चका पदाधिकारीलगायतको टोलीले आइतबार काठमाडौं र ललितपुरका सुर्तीजन्य पदार्थको कारोबार र खपत हुने स्थलमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा ऐनको मापदण्ड पूरा नगरी बजारमा पठाइएका र पठाउने तयारीमा राखिएका चुरोटका २५ हजार प्याकेट र पाँच हजार गुट्खा र अन्य सुर्तीजन्य पदार्थका प्याकेट बरामद गरियो। टोलीले प्याकेटबाहिर ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने क्यान्सरलगायत रोगका डरलाग्दा चित्र नराखी चुरोट बिक्री गरेको पाइएपछि अनामनगरस्थित एबीसी डिलरलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

टोलीले बानेश्वरस्थित रत्नराज्य विद्यालय आसपास, भेनस अस्पताल, ललितपुर सातदोबाटोस्थित चुरोटको डिलर, पाटन अस्पताललगायत स्थानमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सार्वजनिक स्थानमा धूमपान गर्ने र फुटकर बिक्री गर्ने ३० जनालाई आइन्दा यसो नगर्न चेतावनी दिइएको छ।

एेनअनुसार सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्ने अधिकार सरकारलाई छ। यस्तै सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ फुटकर रूपमा बिक्री गर्न नपाइने, १८ वर्षमुनिका बालबालिका तथा गर्भवतीलाई बिक्री गर्न नपाउने, निजी निवासमा पनि अरूलाई असर पर्ने गरी धूमपान गर्न नपाउने, विद्यालय र अस्पताल परिसरको एक सय मिटरभित्र बिक्री गर्न नपाउने व्यवस्था ऐनमा छ। यसैगरी सुर्तीजन्य पदार्थको बट्टा, रेयापर्स, प्याकेटमा ७५ भागमा चेतावनीमूलक सन्देश तथा चित्र नराखी बिक्री गर्नेलाई ५० हजार रुपैयाँ जरिबाना तिराउने व्यवस्था छ।annapurna post

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment