Friday, July 4, 2014

सेक्स त्याग्नेको संख्या १० लाख भन्दा बढि

मुटु सम्बन्धि विभिन्न रोगका कारण बेलायतमा दश लाख जना मानिसले सम्भोगबाट हात धोएको एक अध्ययनले देखाएको छ  मुटु सम्बन्धि विभिन्न खाले समस्या भएका मानिसहरुले सेक्स गर्न छाडेको र त्यसको मुख्य कारण सेक्सले आफुलाई हृदयाघात हुने डर उनीहरुमा रहेको पाइएको छ ।

सर्भेक्षणका क्रममा मुटुरोगीमध्ये एक तिहाइले सम्भोगको दरलाई निकै कम गरेका र हरेक पाँचमा एक जनाले त ठ्याप्पै बन्द गरेका पाइयो ।

एक अनुमान अनुसार बेलायतमा मुटुरोगीको संख्या ७० लाखको हाराहारीमा छ । बेलायती मुटु फाउण्डेसनले मुटुरोगका कारण सेक्स त्याग्नेको संख्या १० लाख भन्दा बढि रहेको ठहर गरेको छ ।
अध्ययनका क्रममा समावेश गरिएका मध्ये हरेक ७ जनामा एक जनाले मुटुरोगका कारण आफुहरुमा सेक्सप्रतिको रुची नै घटेको बताए । आफ्नो मुटुको अवस्थाका कारण उनीहरुमा रहेको मानसिक तनाले सेक्स प्रति रुची घटेको ठम्याइ विज्ञहरुको छ ।

त्यस्तै ५ प्रतिशतले शल्यक्रियाको डर मनमा सधै रहीरहेका कारण आफुहरुलाई सेक्सप्रति आकर्षण नजागेको बताए ।

बेलायती हार्ट फाउण्डेसनका डोरेन म्याडोकले सेक्स निकै महत्वपूर्ण विषयवस्तु भएपनि यसले परामर्श कक्षमा ध्यान खिच्न नसकेको बताए । सेक्सले मुटुरोगीलाई झनै लाभ मिल्ने भएपनि यसतर्फ चेतना जगाउन नसकिएको ठम्याइ उनको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment