Monday, July 7, 2014

डिएसपी बनेर पैसा असुल्ने प्रहरीको खोरमा

काठमाडौं  २३ असार, । आफूलाई नेपाल प्रहरीको डिएसपीका रूपमा प्रस्तुत गरी व्यवसायीलाई धम्क्याएर असुल्ने धन्दा चलाउँदै आएका एक व्यक्ति उनका सहयोगीसहित पक्राउ परेका छन् । आफूलाई तिनकुने वृत्तको डिएसपी भएको भन्दै धम्क्याउने काभ्रेका राजेन्द्र चौलागाईं पक्राउ परेका हुन् ।

चाबहिलको भेरी एन्ड कर्णाली इन्टरनेसनलकी सञ्चालिका कल्पना रावललाई उनले धम्क्याएका थिए । पैसा नदिए तिनकुने चौकीमा लगेर थुन्ने भन्दै उनले धम्क्याउने गरेको पीडितले बताएकी छिन् । नक्कली डिएसपी चौलागाईंका सहयोगी नवराज शाहलाई पनि महानगरीय प्रहरी वृत्त गौशलाले पक्राउ गरेको छ ।

गत ३० जेठमा मित्रपार्क चाबहिलस्थित भेरी एन्ड कर्णाली इन्टरनेसनल प्रालिमा प्रवेश गरी सो कार्यालय सञ्चालिका रावललाई चौलागाईंले आफू डिएसपी भएको बताएर रकम माग गरेका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment